Comments Add Comment

निर्वाचन आयोग पुगे दलहरु, राष्ट्रियसभा चुनावबारे छलफल

राष्ट्रियसभा चुनावका मतदाताको अन्तिम नामावली प्रकाशन हुँदै

९ माघ, काठमाडौं । राष्ट्रियसभा चुनावको विषयमा निर्वाचन आयोगले मंगलबार राजनीतिक दलका नेताहरुसँग छलफल गर्दैछ । आयोगको छलफलपछि सातवटै प्रदेशमा राष्ट्रियसभा चुनावका मतदाताहरुको अन्तिम नामावली प्रकाशित हुने छ ।

निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालका अनुसार राष्ट्रियसभा चुनावको तयारी, मतदान, मतगणना, एकल संक्रमणीय निर्वाचन प्रणालीलगायतका विषयमा जानकारी गराउन २१ दललाई आयोगमा बोलाइएको छ ।

२४ माघमा हुने राष्ट्रियसभा निर्वाचनको मनोनयन दर्ता मंगलबार हुँदैछ ।

यसैबीच आइतबार राष्ट्रियसभा निर्वाचनका मतदाताहरुको प्रारम्भिक नामावली प्रकाशन गरेको निर्वाचन आयोगले आज अन्तिम नामावली प्रकाशन गर्दैछ । प्रारम्भिक नामावलीमा दावी विरोध र छानबिन गरेर अन्तिम नामावली प्रकाशन गरिने आयोगले जनाएको छ ।

राष्ट्रियसभामा प्रदेशसभा सांसदहरु र स्थानीय तहका प्रमुख–उपप्रमुख मतदाता हुन्छन् । ५९ सदस्यीय राष्ट्रियसभाका लागि हरेक प्रदेशबाट ८–८ जनाको दरले ५६ जना निर्वाचनबाट चुनिन्छन् । बाँकी तीन जनालाई भने सरकारको सिफारिसमा राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment