Comments Add Comment

अमेरिकामा रहेका नेपाली भूकम्पपीडितको ‘टीपीएस’सुबिधाको म्याद थप्न पहल

२६ जनवरी, अमेरिका । अमेरिकामा रहेका भूकम्पपीडित नेपालीहरुका लागि अमेरिकी सरकारले उपलब्ध गराउँदै आएको टीपीएस (टेम्प्रोररी प्रोटेक्टेड स्टाटस) सुबिधा थप गर्न पहल गरिएको छ ।

अमेरिकामा रहेका विन्नि संघसंस्थाहरुले टीपीएसको म्याद थप गर्नका लागि पहल सुरु गरेका हुन् ।

एनआरएनए अमेरिकाले टीपीएस सुबिधाको अवधि थप गर्न पहल गरिदिन भन्दै अमेरिकास्थित नेपाली राजदूत अर्जुनकुमार कार्कीलाई ज्ञापन पत्र बुझाएको छ ।

एनआरएनए अमेरिकाका अध्यक्ष डा.केशव पौडेलको नेतृत्वको टोलीले २४ जनवरीमा राजदूत डा. कार्कीलाई भेटेर ज्ञापन पत्र बुझाएका हुन् ।

ज्ञापनपत्र बुझ्दै राजदूत डा.कार्कीले अमेरिकाका सम्बन्धित निकायका पदाधिकारहरुसँग औपचारिक र अनौपचारिक भेटमा पनि आफूले कुरा राखेको जानकारी गराएका थिए ।

आफ्नो पनि चासोको विषय भएको भन्दै उनले सम्बन्धित निकाय पनि नविकरण गर्न सकरात्मक रहेको बताए ।

टीपीएसको म्याद आगामी जुन महिनामा सकिने भएपछि एनआरएनए अमेरिकाको नवनिर्वाचित टिमको बाल्टिमोरमा सम्पन्न पहिलो बैठकले टीपीएसको म्याद थपको पहल गर्न समिति नै गठन गरेको थियो ।

बोर्ड अफ डाइरेक्टर नीमा ग्याल्जेन शेर्पाको संयोजकत्वमा उपाध्यक्ष रामकुमार सुवेदी र सचिव होमनाथ गौतम रहेको समिति एनआरएनए अमेरिकाले गठन गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment