Comments Add Comment

कार्टुन्ज क्रुको यो म्युजिक भिडियोको नयाँ फन्डा

अहिले फिल्मी गीतको माहोल गर्माएको छ । यसमा पनि राजनराज सिवाकोटी हावी छन् । तर, यसपाली उनको गीतलाई कार्टुन्ज क्रुको नाचले माथ दिएको छ ।

राजनराजको गीत ‘सिओडब्ल्यु’लाई उछिन्दै कार्टुन्ज क्रुको ‘माछीले खाने’ हिट भएको छ । युट्युव ट्रेन्डिङमा कार्टुन्ज क्रु शीर्ष स्थानमा उक्लिएको हो ।

त्यसो त नृत्य समूह कार्टुन्ज क्रुको ठूलो क्रेज छ, अहिले । कार्टुन्ज क्रुका सरोज अधिकारी र आश्मा विश्वकर्मासँगै यो भ्युजिक भिडियोमा मिसिएकी छिन्, प्रियंका कार्की । म्युजिक भिडियोलाई कविराज गहतराजले कोरियोग्रफी गरेका हुन् ।

यससँगै गीत सार्वजनि भए लगत्तै यस्तो पब्लिसिटी फन्डा अपनाइयो, त्यसले भिडियोलाई रातारात हिट बनाइदियो । म्युजिक भिडियो सार्वजनिक लगत्तै आह्वान गरिएको थियो, ‘यसको कभर भिडियो बनाउनेमध्ये उत्कृष्टलाई एक लाख पुरस्कार दिइनेछ ।’

मेलिना राई र सरोज ओलीले गाएको गीतलाई बसन्त सापकोटाले संगीत गरेका हुन् । शब्द दिनेश थपलियाको हो ।

लोक रोमान्टिक शैलीको यो गीत हालैमात्र सार्वजनिक भएको थियो । सार्वजनिक भए लगत्तै गीत ९ लाख बढी भ्युअर्स बटुलिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment