Comments Add Comment

डडेल्धुरामा मलामी बोकेको ट्याक्टर दुर्घटना, १ को मृत्यु, ८ जना घाइते


१६ माघ, डडेल्धुरा । डडेल्धुरामा सोमबार राति मलामी पुर्याउन गएको ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने आठजना घाइते भएका छन् ।

सोमबार राति करिब ८ बजेतिर मलामी बोकी फर्किरहेको से १ त ८९०८ नम्बरको ट्र्याक्टर अमरगढी नगरपालिकाको स्याउले बजार नजिक दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

दुर्घटनाबाट अमरगढी नगरपालिका–८, टाटारका ३३ वर्षीय लालबहादुर दमाईको मृत्यु भएको छ भने बाँकी आठ जना घाइतेको उपक्षेत्रीय अस्पताल डडेल्धुरामा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले बताए ।

घाइते हुनेमा मलामी गई फर्किरहेका शिव दमाई, दिलीप दमाई, दीपक ढोली, हरि दमाई, मनोज दमाई, सन्तोष दमाई, प्रकाश दमाई र वीरेन्द्र नेपाली रहेका छन् ।

घाइतेको उपक्षेत्रीय अस्पताल डडेल्धुरामा उपचार भइरहेको छ । ट्याक्टर अनियन्त्रित भई सडक नालीमा पल्टिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment