Comments Add Comment

नयाँ अमेरिकी युग सुरु भएको ट्रम्पको दाबी

१७ माघ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘नयाँ अमेरिकी युग’ सुरु भएको दाबी गरेका छन् ।

राष्ट्रपतिका रुपमा दुबै सदनको संयुक्त बैठकलाई पहिलो सम्बोधन गर्दै ट्रम्पले डेमोक्रेटसँग मिलेर काम गर्न तयार रहेको बताए । ‘स्टेट अफ द युनियन’ भनिने सम्बोधनमा उनले अमेरिकालाई फेरि महान बनाउन अग्रसर रहेको बताए । साथै बन्दीगृह ‘ग्वान्टानामो बे’लाई कायमै राखिने समेत उनले बताए ।

राष्ट्रपति बाराक ओबामाले विवादास्पद ‘ग्वान्टानामो बे’ बन्द गर्ने घोषणा गरेका थिए ।

ट्रम्पले हृवाइट हाउस सुरक्षित, बलियो र गौरवशाली अमेरिका बनाउन अग्रसर रहेको बताए । अमेरिकी सपनामा बाँच्न यो राम्रो समय भएको उनले दाबी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment