Comments Add Comment

प्रदेश १ लाई लिम्बुवान र खम्बुवान प्रान्त बनाउन माग

फाइल फोटो

२२ माघ, विराटनगर । संघीय लिम्बुवान राष्ट्रिय मञ्चकी सांसद विष्णु तुम्बाहाम्फेले प्रदेश १ लाई लिम्बुवान र खम्बुवान प्रान्त घोषणा गर्न माग गरेकी छन् ।

सोमबार विराटनगरमा प्रदेश १ को पहिलो प्रदेशसभा बैठकमा बोल्दै उनले प्रदेश १ लाई लिम्बुवान र खम्बुवान प्रान्त घोषण गर्न माग गरेकी हुन् ।

उनले मुलुकमा १० प्रदेश निर्माण गर्नुपर्ने, मधेसी, मुस्लिम, आदिवासी र दलित समुदायको समानुपातिक सहभागीता ग्यारेन्टी गर्न माग गरेकी छन् । तुम्बाहाम्फेले धरानको विजयपुरलाई लिम्बुवानको राजधानी भन्दै त्यहाँ खानेपानी ट्याङ्कीको निर्माण बन्द गर्न माग गरेकी छन् ।

त्यस्तै विजयपुरलाई विश्वसम्पदा सूचीमा सूचीकृत गर्न पनि माग गरेकी छन् । इलामको सिलौटीमा किराँतहरुको धार्मिक स्थल नजिकै नेपाली सेनाको ब्यारेक हटाउन पनि उनले माग गरेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment