Comments Add Comment

एफए कप: नोट्स काउन्टीको पोस्टमा स्वान्सीको गोल वर्षा

८-१ को नतिजा निकाल्दै स्वान्सी पाँचौ चरणमा

२४ माघ, काठमाडौं । एफए कप फुटबलमा स्वान्सी सीटी र हडल्स फिल्ड विजयी हुँदै पाँचौ चरणमा प्रवेश गरेका छन् ।

स्वान्सी सिटीले नोट्स काउन्टीलाई ८-१ को फराकिलो अन्तरले हरायो । निर्धारित समयमा बराबरीपछि भएको रिप्लेमा स्वान्सीले गोल वर्षा गर्‍यो । नोट्स काउन्टीले पहिलो र दोस्रो हाफमा ४-४ गोल खायो ।

स्वान्सीको जितमा टमी अब्राहम र नेथन डायरले दुई-दुई तथा कायल नोग्हटन, वेन रुटलेज, टम क्यारोल र डेनियल जेम्सले एक-एक गोल गरे ।

नोट्स काउन्टीका लागि भने नुर हसिनले एक गोल फर्काए ।

गएराति नै भएको अर्को खेलमा वर्मिङ्घम सिटीलाई ४-१ ले हराएर हडल्स फिल्ड पनि पाँचौ चरणमा प्रवेश गरेको छ । निर्धारित समयमा एक-एकको बराबरी भएपछि थपिएको समयमा ३ गोल गर्दै हडल्सले ४-१ को नतिजा निकालेको हो ।

यस्तै मिलवाललाई १-० ले हराएको रुचडेलले पनि पाँचौ चरणमा स्थान बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment