Comments Add Comment

भूकम्पले ताइवानका आधुनिक घरहरु यसरी ढले


शक्तिशाली भूकम्पपछि ताइवानमा उद्दार र राहत जारी छ । तर, निरन्तर आइरहेको परकम्पले दुःख दिइरहेको छ । बिहीबार बिहानै ५.७ म्याग्निच्यूडको परकम्पले ताइवानको पूर्वी क्षेत्रलाई फेरि बेस्सरी हल्लायो ।

मंगलबार राति ११ बजेर ५० मिनेटमा ६.४ म्याग्निच्यूडको भूकम्प गएको थियो, जसमा कम्तीमा नौ जनाले ज्यान गएको छ भने ३ सय बढि घाइते छन् ।

भूकम्पले खासगरी पर्यटकीय हुआलिन शहरमा क्षति पुर्‍याएको छ । त्यहाँ रहेको एउटा अग्लो भवन भत्किँदा दर्जनौं हराइरहेका छन् । अहिले ठूलो संख्यामा उद्दारकर्मी परिचालन गरिएका छन् ।

हुआलिनमा अझै ५८ मानिसहरु अझै हराइरहेका छन्, जसमध्ये धेरै जना भुकम्पले गम्भीर रुपमा क्षति भएको र ढल्किएको युन मेन सुइ ती बिल्डिङका बासिन्दाहरु रहेको अनुमान गरिएको छ ।

सडकतर्फ डरलाग्दो रुपले ढल्किएको विल्डिङलाई अड्याउन आपत्कालिन कामदारहरुले क्रेनले उठाइएका ठूला बिमहरु प्रयोग गरिरहेका छन् ।

तल्लो तलाहरुमा मानिसहरु पुरिएको आशंकामा उद्दारकर्मीहरुले अनवरवत रुपले बिल्डिङको पछाडिको भाग खोसि्ररहेको हुआलिनका काउन्टी फायर कमान्डर झु झे-मिनले बताए । दोस्रो तल्लाभन्दा माथि कोही पनि नचेपिएको विश्वास लिइएको उनको भनाइ छ । युन मेन सुइ ती विल्डिङसँग सम्वन्धित ४३ जना हराइरहेको अधिकारीहरुले बताएका छन् ।

पाचौं तल्लामा बस्दै आएकी मेलिन्दा यू भुकम्प जाँदा अपार्टमेन्टमा आफ्नो ५० औं जन्मदिन मनाइरहेकी थिइन् । तलको तल्ला भत्किसकेपछि पाचौं तल्ला नै जमिनमा आएको थियो र उनलाई कसैले हात दिएर झ्यालबाट बाहिर निकालेका थिए ।

भूकम्पपछि मंगलबार र बुधबार अनगिन्ती परकम्पनहरु आए । ४.८ म्याग्निच्यूड सम्मका कम्तीमा १५ वटा पराकम्पन आएको रेकर्ड गरिएको छ ।

सीएनएनका अनुसार भूकम्पमा मारिएकामध्ये एकजना चिनिया पर्यटक थिइन्, जो आफ्नो छोरालाई भेट्न आएकी थिइन् । टाउकोमा गम्भीर चोट लागेकी उनको बुधबार बेलुकी निधन भएको हो ।

भूकम्पमा नौ जना जापानी नागरिकहरु घाइते भएका थिए । उनीहरु अस्पतालमा उपचारपछि डिस्चार्ज भइसको छन् । भूकम्पमा जम्मा ३१ जना विदेशीहरु प्रभािवत भएका थिए । जसमध्ये १४ जना दक्षिण कोरियाली, दुई चेक, दुई सिंगापुरियन र एक फिलिपिनो छन् । हुआलिन ताइवानको प्रसिद्ध पर्यटकीय गन्तव्य तोरोको गोर्गसँग नजिक छ ।

ताइवान ‘प्यासिफिक रिङ अफ फायर’ मा अवस्थित छ, जुन प्रशान्त महासागरको किनाराबाट जान्छ । यो इन्डोनेसियादेखि चिलीसम्म ठूला भूकम्प र ज्वालामूखिको कारक बन्दै आएको छ । यो प्रान्तलाई नियमितरुपमा भूकम्पले हल्लाइरहन्छ । सन् २०१६ मा पनि ८.४ म्याग्निच्यूडको भुकम्प जाँदा ४० जनाको मृत्यू भएको थियो ।

पछिल्लो कालखण्डमा सबैभन्दा ठूलो भूकम्प यहाँ १९९९ मा गएको थियो जुन ७.३ म्याग्निच्यूडको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment