Comments Add Comment

कोटेश्वर-कलंकी सडकमा तत्काल मेडियन राख्न असम्भवः सडक विभाग


२५ माघ, काठमाडौं । चक्रपथको कोटेश्वर-कलंकी खण्डको बीचमा मेडियन निर्माण गर्नुपर्ने थियो । तर, डिजाइनमा भएको त्रुटीका कारण अहिले मेडियनबिनै सडक निर्माण हुँदैछ ।

चिनियाँ कम्पनी सांघाई कन्स्ट्रक्सनले उक्त सडक विस्तार गरिरहेको छ ।

सडक विभागको वैदेशिक महाशाखा प्रमुख सञ्जयकुमार श्रेष्ठका अनुसार निर्माणाधनी सडकमा प्राविधिक रुपमा मेडियन बनाउन असम्भव छ ।

‘अब रेट्रोफिटमार्फत् मेडियन राख्नेबारे अध्ययन गर्छाैं,’ उनले भने, ‘विभागकै पूर्व अधिकारीहरुको त्रुटीका कारण मेडियन राख्न सकिएन । अब हामी यसलाई सच्याउँछौं ।’

मेडियन निर्माण नभएका कारण उक्त सडकमा अधिक दुर्घटना हुनेसरोकारवालाहरु बताउँछन् ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका पूर्वसचिव तुलसी सिटौला भने यसमा अहिले तत्काल मेडियन राख्न नमिले पनि कंक्रिट डिभाइडर राखेर सुरक्षित गराउन सकिने बताउँछन् । दुर्घटना कम गर्न यस्तो उपाय प्रभावकारी हुने उनको तर्क छ ।

उनले भने, ‘कंक्रिट डिभाइडर काठमाडौंमा सफल भइसकेको छ ।’

विभागका अनुसार अहिले चीनले कलंकीदेखि महाराजगञ्जसम्मको सडकखण्ड पनि आठ लेनको बनाउँदैछ । उक्त खण्डमा भने मेडियन राख्न लागिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment