
Photo Credit : प्रतीकात्मक तस्वीर
२१ फागुन, कञ्चनपुर । जिल्लाको २५ नं बाहिनी भगतपुरमा कार्यरत एक सैनिकले आफैंलाई गोली प्रहार गरी आत्महत्या गरेका छन् ।
सैनिक जवान २३ वर्षीय वीरबहादुर खड्काले सोमबार बन्दुक प्रहार गरी आत्महत्या गरेका हुन् । खड्का जाजरकोटको छेरा गाउँपालिका–१ का बासिन्दा रहेको बताइएको छ ।
ब्यारेकभित्रै खड्काले गर्धनमा गोली प्रहार गरी आत्महत्या गरेको कञ्चनपुरका प्रहरी नायब उपरीक्षक कृष्णराज ओझाले जानकारी दिए ।
सैनिक जवानले आत्महत्या गर्नुको कारण भने खुलेको छैन ।
कञ्चनपुरका प्रहरी नायव उपरीक्षक ओझाले प्रारम्भिक अनुसन्धान भइरहेको बताए । ‘आत्महत्या गर्न प्रयोग गरिएको बन्दुक परीक्षणका लागि पठाउँदैछौँ’, उनले भने, ।
खड्काको शव परीक्षणका लागि अहिले महाकाली अञ्चल अस्पतालमा राखिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4