+
+
Shares

देउवाको गृहजिल्लामा आइतबार वडा अधिवेशन

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ३ गते १५:५६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसको १५ औं महाधिवेशनअन्तर्गत डडेल्धुराका ५२ वटै वडामा आइतबार र सोमबार वडा अधिवेशन हुने भएको छ।
  • जिल्ला कार्यसमितिका एक नेताका अनुसार आइतबार बिहान ९ बजेबाट वडा अधिवेशन सुरू हुनेछन्।
  • कांग्रेस डडेल्धुराका एक पदाधिकारीले आइतबार वडा अधिवेशन तोकिएको पुष्टि गरेका छन्।

३ असोज, काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा आइतबार वडा अधिवेशन हुने भएको छ ।

१५ औं महाधिवेशन अन्तर्गत डडेल्धुरामा आइतबार वडा अधिवेशन गर्ने तयारी रहेको जिल्ला कार्यसमितिका एक नेताले जानकारी दिए ।

उनका अनुसार आइतबार बिहान ९ बजेबाट जिल्लामा वडा अधिवेशनहरू सुरु हुने छन् । ‘नेपाली कांग्रेस जिल्ला कार्यसमिति डडेल्धुरा’ नामक फेसबुक पेजमा अधिवेशनको सूचना जारी गरिएको छ ।

‘डडेल्धुराका ५२ वटै वडाहरूमा वडा अधिवेशन असोज ३ र ४ गते हुने भएका हुँदा मातहतका सबै समितिहरू क्रियाशील रही वडा अधिवेशन सफलतापूर्वक सम्पन्न गर्न गराउन हार्दिक अनुरोध गरिन्छ,’ सूचनामा भनिएको छ ।

कांग्रेस डडेल्धुराका एक पदाधिकारीले अनलाइनखबरसँगको कुराकानीका क्रममा आइतबार वडा अधिवेशन तोकिएको पुष्टि गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?