+
+
Shares

३५ जिल्लाहरूमा कांग्रेस वडा अधिवेशन हुँदै, ३९ जिल्लाहरूमा आइतबार

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ३ गते १३:४९

३ असोज, काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशनअन्तर्गत आज (शनिबार) ३५ जिल्लाहरूमा वडा अधिवेशन भइरहेको छ ।

कांग्रेसको केन्द्रीय निर्वाचन समितिले ७७ मध्ये ३५ जिल्लामा वडा अधिवेशन भइरहेको जनाएको छ ।

समितिका सदस्य सचिव राजु कटुवालका अनुसार ३९ जिल्लाहरूमा आइतबार वडा अधिवेशन हुने छ ।

उनले भोटेकोशी नदीको बाढीबाट प्रभावित तीन जिल्लामा सोमबार र बुधबार वडा अधिवेशन हुने जानकारी दिए ।

सदस्य सचिव कटुवालले धादिङमा सोमबार तथा नुवाकोट र रसुवामा बुधबार (७ असोज) वडा अधिवेशन हुने जानकारी आएको बताए ।

निर्वाचन समितिका अनुसार कांग्रेसको १५ औं महाधिवेशनमा नौ लाख २५ हजारबढी क्रियाशील सदस्यहरूले भाग लिँदै छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?