३ असोज, काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित जिल्लाहरूमा नेपाली कांग्रेसको वडा अधिवेशन हुने भएको छ ।
बाढी प्रभावित धादिङ, नुवाकोट र रसुवामा पनि कांग्रेसको वडा अधिवेशन हुने भएको हो ।
कांग्रेसको केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले धादिङमा सोमबार वडा अधिवेशन गरिने जानकारी दिए ।
उनका अनुसार नुवाकोट र रसुवामा ७ असोज (बुधबार) वडा अधिवेशन हुने जानकारी आएको बताए ।
यसअघि केन्द्रीय निर्वाचन समितिले बाढी प्रभावित धादिङ, नुवाकोट र रसुवाको हकमा तोकिएका निर्वाचन अधिकृत र पार्टीको स्थानीय तहसँगको समन्वयमा अधिवेशन गर्न भनेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4