मंगलबार, २९ साउन, २०७५
OnlineKhabar.com
Suzuki

इलामका ४९ जना उद्यमीलाई अनुदान

Suzuki

१ फागुन, इलाम ।  घरेलु तथा साना उद्योग विकास समितिको कार्यालय इलामले उद्योगी व्यवसायीलाई उद्योग स्तरोन्नतिका लागि करिब रु २५ लाख बराबरको अनुदान सहयोग गरेको छ ।

कार्यालयले चालू आर्थिक वर्ष २०७४/७५ मा उपयुक्त प्रविधि हस्तान्तरण कार्यक्रमबाट जिल्लाका ४९ जना उद्यमीलाई सामग्री खरिदका लागि रु २४ लाख ८७ हजार ७५० अनुदान सहयोग गरेको हो ।

उद्यमीले २० प्रतिशत आफ्नो लगानी गरी उद्योगका लागि उक्त बजेटबाट आवश्यक पर्ने मेशिन औजार खरिद गर्नुपर्ने प्रावधान राखिएको कार्यालयका उद्योग प्रशासन प्रमुख खड्ग बस्नेतले बताए ।

जिल्लाका ग्रामीण भेगमा उद्योग स्थापना गरी रोजगारी सिर्जना गर्ने लघु, घरेलु र साना उद्योगलाई प्रोत्साहनस्वरूप घरेलु तथा साना उद्योग विकास समितिले सहयोग गरेको जनाएको छ ।

यस्तै, घरेलु तथा साना उद्योग विकास समितिले अदुवा प्रशोधन, दुग्ध परिकार, बेकरी, कृषि फर्म, चिया उद्योग र ढाका उद्योगलाई आवश्यक पर्ने मेशिन औजार ८० प्रतिशत अनुदानमा समेत वितरण गरेको छ ।

२०७४ फागुन १ गते ११:२० मा प्रकाशित
Grace
Grace

सम्बन्धित शीर्षकहरु

अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

मुख्य खबरहरु

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Also you may like this