Comments Add Comment

न्याम्सका पदाधिकारीको नियुक्ति सच्याउन गोदानको माग

५ चैत, काठमाडाैं । सरकारी चिकित्सक संघ (गोदान)ले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)मा मा गरिएको नियुक्ति तत्काल सच्याउन माग गरेको छ ।

संघले मंगलबार एक पे्रस विज्ञप्ति जारी गरी नेपाल सरकारले न्याम्समा गरेको पदाधिकारी नियुक्ति आफूहरुसित भएको सम्झौता विपरीत भएको भन्दै उक्त निर्णय सच्याउन माग गरेको हो ।

‘नेपाल सरकारले गरेको पदाधिकारी नियुक्ति स्वास्थ्य तथा जनसंख्या मन्त्रालय आफैले गरेको सम्झौता विपरीत मात्र नभइ यसले सरकारी सेवामा रहेका चिकित्सकहरुलाई अयोग्य ठहर गरी अवमूल्यन गरेको देखिन्छ । तसर्थ, यो संघ त्यसको घोर भत्र्सना गर्दछ र तत्काल निर्णय सच्याउन माग गर्दछ ,’ विज्ञप्तिमा भनिएको छ ।

न्याम्सका चिकित्सकहरुले बाहिरबाट ल्याइएका उपकुलपति आफूलाई मान्य नहुने भन्दै आपत्ति जनाइरहेका बेला सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले न्याम्सको उपकुलपतिमा डा. डीएन (देव नारायण) साहलाई नियुक्त गरेपछि संघले आपत्ति जनाएको छ ।

संघले स्वास्थ्य संस्थाहरुमा राजनैतिक भागवण्डाका आधारमा नभइ वरिष्ठता तथा अनुभवका आधारमा नेपाल सरकारकै स्थायी चिकित्सक तथा कर्मचारी नियुक्त गरिनु पर्ने अडान राख्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment