Comments Add Comment

शिवको प्रसाद भन्दै गाँजा किनबेच गर्ने ३९ जना पक्राउ

१ फागुन, काठमाडौं । शिवरात्रीको प्रसाद भन्दै गाँजा सेवन गरेर हल्ला गर्ने र विक्री वितरण गर्ने ३९ जनालाई महानगरीय प्रहरी परिसरले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा दुई जना बाबाहरु समेत रहेको परिसरका प्रमुख एसएसपी विश्वराज पोखरेलले अनलाइनखबरलाई बताए ।

उनका अनुसार पक्राउ परेकाहरुलाई प्रहरी वृत, गौशालामा राखिएको छ । यसैबीच, प्रहरीले तीर्थालुहरुको अत्यधिक भीड हुने पशुपति क्षेत्रको सुरक्षा व्यवस्था कडा बनाएको छ ।

भीडमा हुन सक्ने सम्भावित घटनाहरुलाई मध्यनजर गर्दै ४ हजार ५ सय प्रहरी परिचालन गरिएको छ । त्यसमा मध्येमा १ सय ५० जना सादा पोशाकका महिला प्रहरी समेत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment