Comments Add Comment

टोटनह्यामले युभेन्टससँग बराबरी खल्यो

२ फागुन, काठमाडौं । टोटनह्यामले उत्कृष्ट पुनरागमन गरेको छ र च्याम्पियन्स लिगको प्रि–क्वार्टरफाइनलको फाइनलको पहिलो लेगमा युभेन्टससँग बराबरी खेलेको छ ।

एलियान्ज स्टेडियममा भएको खेलमा घरेलु टोलीले सुरुको ९ मिनेटमा नै दुई गोलको अग्रता लिएको थियो ।

युभेन्टसका गोन्जालो हिगुइनले खेल सुरु भएको दोस्रो मिनेटमा नै गोल गरेका थिए । नवौं मिनेटमा पेनाल्टीमार्फत दोस्रो गोल गरेपछि घरेलु टोली २–० ले अगाडि रह्यो ।

तर, इंग्लिस टोली टोटनह्याम खेलमा फर्कियो । ३५ औं मिनेटमा ह्यारी केनले गोल गरे । खेलको ७१ औं मिनेटमा इरिक्सनले बराबरी गोल फर्काए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment