Comments Add Comment

जाजरकोटमा प्रेसर कुकर विस्फोट, १ जना गम्भीर

प्रतीकात्मक तस्वीर

३ फागुन, जाजरकोट । जिल्लाको भेरी नगरपालिका –२, तातापानीमा मासु पकाउँदै गरेको प्रेसर कुकर विस्फोट हुँदा १ जना गम्भीर घाइते भएका छन् ।

विस्फोटमा ३० वर्षीय गोविन्द बाँठा गम्भीर घाइते भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय, जाजरकोटले मासु पकाउँदै गरेको प्रेसर कुकर  विस्फोट हुँदा बाँठा घाइते भएको जनाएको छ ।

उनको आँखामा गहिरो चोट लागेको छ । जिल्ला अस्पताल जाजरकोटमा उपचारका लागि लगिए पनि त्यहाँ सम्भव नभएपछि थप उपचारका लागि नेपालगञ्ज रेफर गरिएको जिल्ला अस्पताल जाजरकोटले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment