Comments Add Comment

डिभिजन टू को उपाधिका लागि नेपाललाई २७८ रनको लक्ष्य

३ फागुन, काठमाडौं । आईसीसी विश्व लिग क्रिकेट लिग डिभिजन टू को उपाधिका लागि नेपालले युएईविरुद्ध २ सय ७८ रनको लक्ष्य पाएको छ ।

बिहीबार नामिबियामा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित ५० ओभरमा ४ विकेट गुमाएर २७७ रन जोडेको हो ।

युएईका लागि अस्फाक अहमदले ११४ रन जोडे । त्यस्तै रोहन मुस्ताफाले ५१, रामिज शाहाजादले नटआउट ४१, साइमान अनवरले ४० र गुलाम साबेरले १८ रन जोडे ।

बलिङतर्फ नेपालका बसन्त रेग्मी, सोमपाल कामी र सन्दिप लामिछानेले १/१ विकेट लिए ।

नेपालले डिभिजन टू को चालु प्रतियोगितामा पाएको यो सबैभन्दा धेरै स्कोरको लक्ष्य हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment