Comments Add Comment

पोखरा पुग्यो ‘हुर्रे यूनिट


नायक अनुपबिक्रम शाही, नायिका केकी अधिकारी अभिनित चलचित्र ‘हुर्रे’ यहि फाल्गुन २५ गतेबाट देशभर प्रदशन हुँदैछ । चलचित्रको प्रचारकालागिथ देश दौडाहमा रहेको चलचित्र युनिटले विहिबार पोखरामा प्रेसमिट गर्दै चलचित्र पूर्ण रुपमा कमेडी कथामा रहेको उल्लेख गरेको छ । यख ईन्टरटेन्मेन्ट ब्यानरमा निर्मित उक्त चलचित्रको लगानी भने हालसम्म सार्वजनिक गरिएको छैन ।

चलचित्रको मुख्य पात्रको रुपमा अभिनय गरेकी नायिका केकी अधिकारीले चलचित्रमा आफ्नो रोल मेनकाको नामले परिचित रहेको बताइन । प्रेमको मोह जालमा फसाउने केटीको भूमिका निर्वाह गरेकी केकीले पोखरा नेपाली चलचित्र उद्योगको लागि दोश्रो ठुलो घर रहेको समेत उल्लेख गरिन् । चलचित्रका अर्का कलाकार राजाराम पौडेलले ’हुर्रे’ को सबै छायांकन पशुपति क्षेत्रमा सम्पन्न भएको बताउदै उक्त चलचित्रले फेरि आफू१६ वर्ष उमेरमा फर्किएको अनुभुती गराएको बताए ।

याम थापाको लेखन तथा निर्देशनमा बनेका यो चलचित्रमा केकी अधिकारी, अनुप विक्रम शाही, राजाराम पौडेलका अलवा अंकित खड्का ,विजय बराल , संगीता नापित लगायतका कलाकारको पनि अभिनय छ । चलचित्रमा लगानी दावा श्रेर्पा , सोनम लामा र शेयरिङ्ग डोर्जी लामाकोे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment