Comments Add Comment

काठमाडौंको लगनमा आगलागी, एक वृद्धको मृत्यु

५ फागुन, काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर १२ लगनमा शनिबार बिहान आगलागी हुँदा एक जनाको मृत्यु भएको छ भने दुईवटा घर जलेर पूर्णरुपमा नस्ट भएका छन् ।

६५ वर्षीय जीवनकाजी श्रेष्ठको जलेर मृत्यु भएको हो । उनका छोरा प्रविण जलेर सामान्य घाइते भएका छन् ।

शनिबार बिहान साढे ३ बजेतिर लगनचोकमा रहेका अमृत नारायण महर्जन र अमृतलाल रञ्जितको घरमा आगलागी भएको हो । रञ्जितको पूरै घर भाडामा लिएर जीवनकाजी श्रेष्ठको परिवार बस्दै आएको थियो ।

जीवनकाजी प्यारालाइसिसको समस्याबाट पीडित थिए । घरमा आगो लागेपछि बुवालाई बाहिर निकाल्ने कोशिस गरे पनि नसकेको प्रविणले बताए । प्रविणको वीर अस्पतालमा उपचार गरिएको छ ।

आगलागी भएको स्थानमा खटिएका डिएसपी टेकुनन्द ईवा लिम्बुले भने, ‘जीवनकाजीको शव बडो मुस्किलले फेला पार्‍यौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment