Comments Add Comment

बैंकहरुको घट्दो प्रतिफलले सेयर बजारको वृद्धि रोकियो, धेरै नघट्ने दाबी


८ फागुन, काठमाडौं । नयाँ सरकार गठनसँगै मनोवैज्ञानिक प्रभावले बढेको बजार त्यसपछिका दिन क्रमिक रुपमा घटिरेहेको छ । बजार मंगलबार पुनः १४ सय मुनि आएको छ । नेप्से एकै दिन १७ अंकले घटेर १३ सय ९६ विन्दुमा आइपुगेको छ ।

‘बजार बढ्न प्रतिकुल अवस्था देखिएपनि धेरै घट्ने अवस्था भने छैन,’ एक सेयर ब्रोकर दाबी गर्छन् । बैंकिङ प्रणालीमा लगानी योग्य पुँजी अभाव कायमै देखिएकोले पनि लगानी बढ्न नसकेको उनी बताउछन् । यद्यपी सकारात्मक मनोवैज्ञानिक प्रभाव देखिदा लगानीकर्ताहरु पुँजीको लागि बैंकमै भरपर्ने गरेको नदेखिएकोले यस्तो प्रभाव मात्र बाँकी रहेको सेयर लगानीकर्ता संघका अध्यक्ष उत्तम अर्याल भन्छन् ।

बजारमा सकारात्मक मनोवैज्ञानिक प्रभाव पर्दा यस्तो देखिनेमा ती ब्रोकर सहमत नै देखिन्छन । तर, अहिले बजार बढ्न अन्य कारणहरु पनि त्यत्तिकै सबल देखिएको उनको भनाई छ ।

‘बैंकहरुको अहिले प्रतिसेयर आम्दानी निकै कम भएको छ । १०/१२ प्रतिशतमा सिमित छ,’ ती ब्रोकर स्पष्ट पार्छन् । बैंकहरुले कम आम्दानी गरिरहेको र नाफाको २० प्रतिशत रकम लाभांशको लागि प्रयोग गर्न नपाइने नियम रहेकोले लगानीकर्ताहरु पछिल्लो समय आम्दानीमा बढि केन्द्रीत भएका उनको बुझाई छ । चुक्ता पुँजी वृद्धिसँगै बैंकको प्रतिसेयर आम्दानी घटिरहेको छ ।

बजार घट्दो क्रममा रहँदा कारोबार रकम पनि घट्दै गएको छ । तर, दैनिक औसत कारोबार रकमभन्दा उच्च नै छ । सो दिन ४० करोड ५८ लाख रुपैयाँको सेयर कारोबार भएको छ । यसदिन पनि कारोबार रकमको आधारमा वाणिज्य बैंक अग्रस्थानमा छ । सस्तिएको बजारमा बैंकहरुको सेयरमा लगानी बढिरहेको संकेत यसले दिन्छ ।

होटेल र ‘अन्य’ समूहबाहेक सबै समूहगत परिसूचक घटेका छन् । एक सय ६० कम्पनीको सेयर कारोबार भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment