Comments Add Comment

सदाचारको उपदेश दिने मात्र होइन, अपनाउँछौं : ओली

फाइल फोटो

१६ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले मुलुकको विकासका लागि कुनै कसर बाँकी नराख्ने बताएका छन् ।

बुधबार ललितपुरमा आयोजित राष्ट्रिय सेवा दलको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै ओलीले भने, सदाचार उपदेश दिने मात्र विषय मात्र होइन, अपनाउने विषय हो । सरकारले सदाचार अपनाउँछ र सदाचारभन्दा बाहिर अरुलाई पनि जान दिँदैन ।’

उनले दक्षता, सीपसहितको राष्ट्रिय एकता पनि मुलुकको समृद्धिको आधार भएको धारणा राखे ।

प्रधानमन्त्री ओलीले भावी पुस्ताका लागि योगदान दिनेगरी युवा पुस्तालाई शिशित, स्वस्थ र सक्षम बनाउनुपर्नेमा जोड दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment