Comments Add Comment

काठमाडौंमा अष्ट्रेलियन एजुकेशन फेयर हुने

२३ फागुन, काठमाडौं । अष्ट्रेलिया अध्ययन गर्न जाने विद्यार्थीलाई परामर्श सेवा उपलब्ध गराउँदै आएको एजुकेशन पार्कको आयोजनामा काठमाडौंमा अष्ट्रेलियन एजुकेशन फेयर हुने भएको छ ।

एजुकेशन पार्ककका विराज पाण्डेले नेपाली विद्यार्थीलार्इ अस्ट्रेलियाको शिक्षा प्रणाली, भिसा प्रक्रिया र छात्रवृत्तिको विषयमा पर्याप्त सूचना प्रवाह गर्ने उद्देश्यले शैक्षिक मेलाको आयोजना गरिएको जानकारी दिए ।

एजुकेशन पार्कले पछिल्ला केही वर्षयतादेखि यस्ता मेलाहरु आयोजना गर्दै आएको छ ।

फागुन २५ गते काठमाडौंको सुन्धारामा रहेको सिभिल मलको छैठौं तलामा हुने मेलामा अष्ट्रेलियाका उत्कृष्ट २० वटा भन्दा बढी युनिभस्टिी र कलेजहरु सहभागी हुने बताइएको छ ।

मेलामा विभिन्न कलेज तथा युनिभर्सिटीका प्रतिनिधिहरुबाट छात्रवृत्तिसम्बन्धी जानकारी दिनुका साथै आईईल्टीएस मा उच्च अंक प्राप्त गर्ने टिप्स र करिअर काउन्सिेलिङ दिइने आयोजकले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment