Comments Add Comment

संस्मरण लेख्दै मनिषा कोइराला

पाठेघरको क्यान्सरबाट उन्मुक्ति पाएकी चर्चित नायिका मनिषा कोइरालाले रोगसँगको संर्घषबारे पुस्तक लेखिरहेकी छिन् ।

सन् २०१२ मा क्यान्सर देखिएपछि उनले लामो समयसम्म अमेरिका उपचार गरेर त्यसबाट मुक्ति पाएकी थिइन् ।

क्यान्सर लागेको थाहा पाएदेखि रोग निको हुँदासम्म उनी कस्तो मनोदशाबाट गुजि्रइन भन्ने बिषयमा यतिबेला उनले संस्मरण लेखिरहेकी छिन् । उनको यो पुस्तक यही बर्ष प्रकाशन हुने बताइएको छ ।

शनिवार काठमाण्डौमा क्यान्सरसम्बन्धी एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले पुस्तकबारे जानकारी दिएकी हुन् ।

स्वस्थ जीवनशैली र आहारबिहारमा ध्यान दिन सके क्यान्सरबाट जोगिन सकिने उनले बताइन् । क्यान्सर लागेको बेलैमा थाहा पाए ८० देखि ९० प्रतिशतसम्म निको हुने उनले बताइन ।

क्यान्सरबाट तंगि्रएपछि उनले यतिबेला मांसाहारी भोजन र मदिरा पूर्णरुपमा त्यागेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment