Comments Add Comment

वडाध्यक्षमाथि लाग्यो कुखुरा चोरेर खाएको आरोप

२६ फागुन, कालिकोट । जिल्लामा एउटा खबर फैलिएको छ– वडाध्यक्षमाथि गाउँलेको कुखुरा चोरेर खाए ।

सान्नी त्रिवेणी गाउँपालिका ९ का वडा अध्यक्ष दुर्गाबहादुर केसीमाथि यो आरोप लागेको हो ।

उनले वडा सदस्य रामबहादुर केसीसँग मिलेर आफ्नो कुखुरा चोरेर खाएको भन्दै  स्थानीय अर्जुन खत्रीले वडा कार्यालयमा लिखित उजुरी नै दर्ता गरेका छन् ।

६ फागुनको सात वडा अध्यक्ष र वडा सदस्य मिलेर कुखुरा चोरेर खाएको भन्दै खड्काले वडा बैठक बोलाएर छलफल गराउन माग गरेका छन् ।

नभए आफ्नो निवेदन आवश्यक कारबाहीका लागि जिल्ला प्रशासन कार्यालय सिफारिस गर्न पनि उनले माग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment