Comments Add Comment

चट्याङ लागेर आमा-छोरीको मृत्यु

२९ फागुन, सिन्धुपाल्चोक । हावाहुरीसहित परेको चट्याङ लागेर सिन्धुपाल्चोकमा आमा-छोरीको मृत्यु भएको छ ।

जुगल गाउँपालिका ४ घुवा बस्ने वर्ष २६ की तोकमाइ तामाङ र उनको एक वर्षको छोरीको सोमबार दिउँसो चट्याङ लागेर मृत्यु भएको हो ।

प्रहरीका अनुसार बाख्रा हेर्न गएको बेला उनीहरुलाई चट्याङले लागेको थियो । चट्याङले ५ वटा बाख्रासमेत मरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment