Comments Add Comment

बजाजको नयाँ शोरुम कैलालीको लम्कीमा


२९ फागुन, काठमाडौं । हंशराज हुलासचन्द एण्ड कम्पनी प्राइभेट लिमिटेडले आफ्नो कार्यलाई थप बढाउँदै पूर्ण सुविधा सहितको नयाँ शोरुम ‘गंगा आटोमोबाइल्स्’ कैलालीको लम्कीमा संचालनमा ल्याएको छ ।

नयाँ शोरुमले ग्राहकहरुलाई बजाज, पल्सर मोटरसाइकलको स्पेयर पार्टस तथा एसेसरिज खरिदका लागि सहज बनाउने छ ।

नयाँ शोरुम शुभारम्भ भएको अवसरमा हंशराज हुलासचन्द एण्ड कम्पनी प्राइभेट लिमिटेडका जेनेरल म्यानेजर योगेन गुरुङले भने, ‘हामी कैलालीको लम्कीमा नयाँ शोरुम संचालन भएको घोषणा गर्दा निकै खुशी छौं । ग्राहकहरुको बढ्दो मागका कारण हामीले कैलालीमा नयाँ शोरुम स्थापना गर्न उत्साहित बनाएको हो, जसले ग्राहकहरुलाई विभिन्न फाइदा दिने छ । हामी देशभरी रहेका हाम्रा ग्राहकहरुका लागि उच्च गुणस्तरको सेवा प्रदान गर्न प्रतिबद्ध छौं ।’

नयाँ शोरुमको शुभारम्भसँगै शोरुमले ग्राहकहरुलागि आकर्षक पुरस्कारहरु पनि प्रदान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment