Comments Add Comment

साढे २ लाख बराबरको विदेशी चुरोटसहित विमानस्थलबाट ३ नेपाली पक्राउ

Photo Credit : नेपाल प्रहरी

५ चैत, काठमाडौं । प्रहरी करिब साढे २ लाख रुपैयाँ बराबरको सुर्तीजन्य पदार्थ चुरोटसहित ३ जनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सुनसरीका कमलनारायण विश्वास, मोरङका सैलेन्द्र माझी र नुवाकोटका प्रकाश थपलिया छन् ।

अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रहरी उपरीक्षक (एसपी) कृष्ण कोइरालाका अनुसार सोमबार राति मलेसियन एयरको उडानबाट क्वालालम्पुरबाट काठमाडौं आएका उनीहरुलाई पक्राउ गरिएको हो ।

विशेषः सुराकीका आधारमा भन्सार छलेर ल्याइएको चुरोटलाई विमानस्थलको आगमन गेट अगाडि चेकजाँच गर्ने क्रममा नियन्त्रणम लिइएको उनले बताए ।

बरामद सुर्तीजन्त पदार्थ नेपाल मूल्य दुई लाख ४७ हजार ७ सय रुपैयाँ बराबरका छन् । बरामद सामग्रीसहित पक्राउ परेकाहरुलाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि विमानस्थल भन्सार कार्यालय, गौचरण पठाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment