Comments Add Comment

कोक पिएर रसिया विश्वकप हेर्न छानिए ९ भाग्यमानी

३० फागुन, काठमाडौं । कोकाकोला नेपालले “कोक खाम् रसिया जाम्” क्याम्पेनको दोस्रो हप्ताको ४ जना भाग्यशाली बिजेताको नाम घोषणा गरेको छ ।

‘कोक खाम्, रसिया जाम्’ अफर अन्तर्गत कोकाकोलाका उपभोक्ताले जीवनमा एक पटक आउने मौका प्राप्त गर्ने छन् । यस योजना अन्तर्गत भाग्यशाली उपभोक्ताले सम्पूर्ण खर्चसहित रसियामा हुने विश्वकप २०१८ प्रत्यक्ष हेर्ने मौका पाउनेछन् ।

२ जना भाग्यमानी ग्राहकले २४ इन्चको टेलिभिजन जित्न सक्नु सक्नेछन । साथै हरेक दिन २०० जनाले फिफा र कोकको लोगो अंकित बिशेष उपहार जित्न सक्छन् ।

यस योजना अन्तर्गत ४० जना भाग्यशाली उपभोक्ताले रसिया पुगेरे सम्पूर्ण खर्चसहित रसियामा हुने विश्वकप २०१८ प्रत्यक्ष हेर्ने मौका पाउनेछन् ।

त्यसको लागि हरेक हप्ता ४ जना भाग्यमानी विजेताको नाम लक्की ड्रमार्फत छनोट हुनेछ भने, २ जना भाग्यमानी ग्राहकले २४ इन्चको टेलिभिजन जित्न सक्नु हुनेछ । साथै हरेक दिन २०० जनाले फिफाको लोगो अंकित बिशेष उपहार जित्न सक्नु हुने छ ।

गत हप्ता रसिया टुर र टेलिभिजन जित्ने बिजेताहरुको नाम घोषणा गरिएको थियो । दोस्रो हप्ताको विजेताहरुको नाम यस प्रकार छन् ।

महेश राई – लाजिम्पाट

ओमनाथ श्रेष्ठ – थिमी

राजिब प्रधान – इमाडोल ्

आशिष मान शिंह ­- न्युरोड

यी ४ जना भाग्यशाली विजेताले पहिलेका ५ जना बिजेतासँग जीवनको अस्विमरणीय पल विश्वकप २०१८ प्रत्यक्ष हर्न जाने छन् । अझै ३१ जना भाग्यशाली बिजेताले रसिया जाने अबसर पाउनेछन् ।

२४ इन्चको टेलिभिजन जित्ने विजेताहरु

बिनु तामाङ – कालोपुल

बुद्धबहादुर लामा – कपुरधारा

साथै, अझै थुप्रै टेलिभिजन र कोक तथा फिफा लोगो अंकित विषेश उपहारहरु जित्न सक्ने कम्पनीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment