Comments Add Comment

एनआरएन खेलकुद समितिले पूर्णता पायो

४१ सदस्यीय कार्यसमिती , सात सल्लाहकार

१६ मार्च, सिड्नी । गैरआवासीय नेपाली संघले बिविध बिषयलाई महत्व दिने क्रममा निमार्ण गरेको केन्द्रीय खेलकुद समितिलाई कार्यसमितिको आज्ञाले केन्द्रीय संयोजक तथा प्राध्यापक राजु मानन्धरले पूर्णता दिएका छन् ।

‘४१ सदस्यीय कार्यसमितिमा हरेक महादेशको पनि जिम्मेवारी छुट्टाइएको छ । खेलकुद प्रवासमा छरिएर रहेका नेपालीलाई एकताको साङ्लोमा बाध्ने महत्वपूर्ण माध्यम पनि हो । हामीले खेलकुदको माध्यमवाट सबैलाई सबैसँग एकताको सुत्रमा बाध्ने प्रयास गर्ने छौ ।’ संयोजक तथा फुटबल संघका पूर्व कोषाध्यक्ष राजु मानन्धरले बताए ।

एनआरएन खेलकुद समितिको सल्लाहकारहरुमा किर्तिमानी धावक बैकुण्ठ मानन्धर,फुटबलका भेट्रान तथा साफका गोल्ड मेडलिस्ट उमेश प्रधान, साफमा उसुतर्फ स्वर्ण पदकधारी बिनिता महर्जन र तेक्वान्दोका ग्रान्डमास्टर दिवाकर डान महर्जन, पत्रकार अजय फुयाल फुटबलकै सुवास श्रेष्ठ तथा गिनिज बुक वल्ड रेकर्डसमा दोहोरो किर्तिमान कायम गर्ने उज्वल ठकुरीलाई मनोनयन गरिएको छ ।

समितिको केन्द्रीय संयोजकमा अस्ट्रेलियाको सिड्नीमा रहेका फुटबलर तथा प्राध्यापक राजु मानन्धर तथा अमेरिकावाट सन्जिव श्रेष्ठ (संयोजक), सह संयोजकमा शान्त ठोकर, हेम पाण्डे , बिनोद बिष्ट, कृष्ण बलाल र क्यानडाका गिर प्रशाद बुढाथोकी रहेका छन ।

यस्तै एशियावाट मुकेश बरुवाल (संयोजक) बिनोद बिष्ट, राम कार्की (मकाउ),जापानवाट बसन्त गौचन , कोरियावाट बिरज पाण्डे ,बिपीन गुरुङ, मलेसियावाट सन्तोष गुरुङ, योगेन्द्र कोइराला रहेका छन ।

मध्यपूर्वको संयोजकमा नबिन पौडेल रबी शाही, हिरालाल श्रेष्ठ र गोबिन्द श्रेष्ठ रहेका छन । ओसेनिया क्षेत्रको संयोजकमा भुपाल सिटौला , सह संयोजकमा प्रकाश खरेल ,श्याम पौडेल ,सचीबमा माधव ढुंगाना सदस्यहरुमा सुमन बोहरा, वीरेन्द्र श्रेष्ठ, सजित बिष्ट,रोशन केसी ,महेश सिंह , सागर प्रजापति ,टिका थापा, रेमन कैसी र सुदिप पराजुली रहेका छन ।

यस्तै युरोपको खेलकुद संयोजकमा कृष्ण केसी, सह संयोजकमा सुजन कुवर तथा सदस्यहरुमा सुर्य भट्टचन, सोभितराम जीसी, नारायणकाजी मगर रहेका छन ।

संघले कराँतेका पुराना खेलाडी स्वयम्भुराज डंगोलको संयोजकत्वमा नेपाल च्याप्टर समेत गठन गरेको छ । डैगोल संयोजक रहको समितीको सह संयोजकमा बिमला रानामगर ,यम बहादुर गुरुड र सचिबमा सजेश सायमी रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment