Comments Add Comment

एक सय ५२ मा २९ कम्पनीको मूल्य मात्र हजारमाथि

कतिपयको भने पुँजी वृद्धिको हल्लाले टिकाउ


५ चैत्र, काठमाडौं । सेयर बजार निरन्तर घटिरहँदा एक हजार मूल्यमाथिका कम्पनीको संख्या घट्ने क्रममा छ । सोमबार बजारमा एक सय ५२ कम्पनीको सेयर कारोबार भएकोमा मात्रै २९ कम्पनीको मूल्य एक हजार रुपैयाँभन्दा धेरैमा कारोबार भइरहेको छ ।

बीमा र लघुवित्त कम्पनीहरुका बाहुल्यता रहेको यो सूचीमा वाणिज्य बैंकबाट एक मात्र कम्पनी अटेको छ । नबिल बैंकको सेयर मूल्य एक हजार २५ रुपैयाँ भएको छ ।

वाणिज्य बैंक समूहमा अधिकांश नयाँ बैंकहरुको मूल्य अंकित मूल्य हाराहारीमा आइरहेको समयमा पनि तुलनात्मक रुपमा बलियो मानिएको नबिलको मूल्य भने अडिग देखिएको छ ।

हजार मूल्यमाथि रहेका बीमा र लघुवित्त कम्पनी प्रति लगानीकर्ताहरुमा अपेक्षा कायमै रहेको सेयर लगानीकर्ता संघका अध्यक्ष उत्तम अर्याल बताउछन । प्रतिसेयर आम्दानी अन्यको तुलनामा उच्च नै रहेको, भविष्यमा पुँजी वृद्धिको सम्भावना रहेको लगायतको अपेक्षा लगानीकर्तामा रहेकोले मूल्य औसतमा उच्च रहेको अर्यालको बुझाई छ ।

केही वर्षअघिसम्म तुलनात्मक रुपमा बढि जोखिम मानिने यी क्षेत्रमा उच्च लाभांशको आशले लगानीकर्ताहरु आकर्षित हुँदै आएका छन् । यस्ता कम्पनी थोरैको हातमा हुनुले आपुर्ति कम भएकोले पनि मूल्य धेरै घट्नबाट रोकिएको देखिन्छ ।

सेयर बजार परिसूचक नेप्से भने सोमबार आठ अंकले घटेर १२७० विन्दुमा आइपुगेको छ । २६ करोड रुपैयाँको सेयर कारोबार भएको हो ।
बजारमा कारोबारमा रहेका बैंक तथा वित्तीय संस्थाबाट कत्तिको लाभांश आउने हो अन्योलले पनि लगानीकर्ताहरु यो समूहमा आकर्षित हुन सकेका छैनन् ।

त्यस्तै, जलविद्युत कम्पनीहरु प्रति पनि लगानीकर्ताहरु निराशा देखिएको छ । यस्तोमा अन्य क्षेत्रका कम्पनीहरुको संख्या नबढ्दा पनि लगानीकर्ताहरुले उपयुक्त विकल्प भेट्न सकेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment