+
+
Shares

भलिबलका पूर्व क्याप्टेन शाह यूएईमा सम्मानित

अनलाइनखबर अनलाइनखबर
२०७४ चैत १२ गते १७:१८

२६ मार्च , दुबई । एसियन पुलिस स्पोर्टस एशोसियसनको बैठकमा  सहभागी  हुन नेपालबाट यूएई आएका नेपाल भलिबल संघका केन्द्रीय सदस्य तथा नेपाल भलिबलका पूर्वक्याप्टेन भरतबहादुर शाहलाई यहाँ सम्मान गरिएको छ ।

गत २५ मार्च २०१८  का दिन शाहलाई एभेरेष्ट मार्सल आर्ट एन्ड स्पोर्ट्स क्लब युएईले आफ्नै हलमा सम्मान तथा बिदाइ कार्यक्रमको आयोजना गरेको हो ।

उक्त कार्यक्रमको सभापतित्व भलिबलका पुर्व खेलाडी तथा एभरेष्ट मार्सलआर्ट क्लबका उपाध्यक्ष कुण्डलबहादुर सिंहले गरेका थिए ।

ऊक्त कार्यक्रममा उपस्थित  विभिन्न संघसंस्थाका प्रतिनिधिलाई क्लबका कोषाध्यक्ष तथा नेपाली समाज यूएईका खेलकुद संयोजक परशुराम घिमिरेले स्वागत मन्तव्य प्रकट गरेका थिए ।

सम्मान तथा बिदाइ कार्यक्रममा प्रमुख अतिथि एनआरएएन आइसीसी सदस्य मनोज गोर्खाली रहेका थिए । त्यसरी नै  एनआरएन दुबई क्षेत्रका अध्यक्ष मदन अधिकारी, सुदुर पश्चिम समाजका देव कुवर, डीसी नेपालका यूएई प्रतिनिधी तथा खेलकुदप्रेमी लोकेन्द्र बम, व्यवसायी सूर्य गिरी, नेपाल मुस्लिम सोसाईटी स्पोर्ट कोडिनेटर सकिल अलि, नेवा:पुच यु ए ई केन्द्रीय सदस्य तथा पूर्व भलिबल खेलाडी र क्लब सल्लाहाकार हिरालाल श्रेष्ठ, सीएन ठकुरी, काठमाडाैं प्यालेस रेस्टुरेन्टका सुपरभाईजर राजीब श्रेष्ठ, दुबई एनआरएन का कोषाध्यक्ष अनिल श्रेष्ठ, एभेरेष्ट क्लबका सदस्य बिशाल पुन मगर, एभेरेष्ट मार्सल आर्टका  खेलाडीहरूले मिलेर शाहको संयुक्त रुपमा सम्मान एवम बिदाइ  गरिएको हो ।

उक्त कार्यक्रमको उदघोषक तथा ब्यवस्थापन क्लबका टेक्निकल डाईरेक्टर तथा प्रमुख प्रशिक्षक रबि शाहीले गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?