Comments Add Comment

रानीवारीमा चल्यो रेन वाटर हार्भेस्टेङ एन्ड ग्राउन्ड वाटर रिर्चाज सिस्टम

१२ चैत, काठमाडौं । सेन्टर फर इन्टिग्रेटेड अर्वन डेभलपमेन्ट, वाटरएड नेपाल र कोकाकोला फाउन्डेशनले बषर्ातमा परेको पानी जम्मा गर्ने प्रणाली -रेन वाटर हार्भेस्टेङ) र जमिन मुनिको पानी रिचार्ज गर्ने प्रविधि (ग्राउन्ड वाटर रिचार्ज) परियोजना रानीवारी सामुदायीक वन उपभोक्ता समितिलाई हस्तान्तरण गरेको छ ।

उक्त योजनाको हस्तान्तरण सेन्टर फर इन्टि्रग्रेटेड अर्वन डेभलपमेन्टका निर्देशक पुष्करलाल श्रेष्ठ, वाटरएडका कार्यक्रम निर्देशक कबिन्द्र पुडासैनी र कोकाकोला फाउन्डेशनले हस्तान्तरण गरे ।
उक्त हस्तान्तरण कार्यक्रम विश्व पानी दिवसको अबसरमा चैत १२ गते सोमबार रानीवारीमा आयोजना गरिएको थियो ।

‘यी र यस्ता कार्यक्रमले समुदायमा निकै धेरै सकारात्मक संदेश प्रबाह गरेको छ । यसलाई निरन्तरता दिन कोकाकोला कम्पनिले पानीको संरक्षण, पानीको बिषयमा सकारात्मक छलफल, पानीको सहि रिचार्ज र पानीका मुहानहरुको एकिकृत ब्यबस्थापन जस्ता बिषयमा काम गर्दै आइरहेको छ । यस प्रयासले वातावरण परिर्वतन र पानीका स्रोतहरु बचाउन सकारात्मक भूमिका निर्वाह गर्न सहयोग पुर्याउँछ,’ विज्ञप्तिमा भनिएको छ ।

रेन वाटर हार्भेस्टिङ र ग्राउन्ड वाटर रिचार्ज प्रणाली एउटा उत्तम प्रणाली हो जसले मानिसलाई पानीको प्रयोग, बषर्ातको पानी संकलन र पानीको बैकलपीक स्रोतको ब्यवस्थापनको बिषयमा जानकारी दिन्छ । जसले उपभोक्तको पानीको बिल कमगर्न सहयोग गर्दछ भने आफ्नो घर वरिपरीको वातावरण संन्तुलन कायम गर्नसमेत सहयोग गर्छ । रानीवारी उप्त्यका भित्र अहिलेपनी जंगल संरक्षित एरियामा पर्ने भएकाले यहाँका वासिन्दाले यसबाट लाभ लिन सक्ने छन् ।

यसअघिका बिभिन्न ठाउँहरुमा भएका योजनाबाट सिक्दै नेपाल सरकार र वाटर एड नेपालसँगको सहकार्यमा कोकाकोला फाउन्डेसनले नयाँ योजनामा ‘रेन वाटर हार्भेस्टिङ फर ग्राउन्ड वाटर रिचार्ज’ कार्यक्रम रानीवारी जंगल क्षेत्रमा थप गरेको छ । यस परियोजनाको मुख्य उद्देश्य जमिनमुनीको पानीको स्तर कमहुँदै गएकाले पानीको सुनिश्चितताका लागि हो ।

पाईलट परियोजनाको रुपमा, जंगल क्षेत्रभित्र रहेको लर्निंग सेन्टरमा पूर्ण किसिमको रुफटप रेनवाटर हार्भेटिंग प्रणाली जडान गरिएको छ । रुफटप रेनवाटर हार्भेटिंग प्रणाली भित्र १२ हजार लिटरको भूमिगत रिर्जभ्वायर ट्यांकी तथा दुईवटा आपूर्ति ट्यांकी पनि समावेश गरिएको छ ।

बोटलर्स नेपालका प्रबन्ध निर्देशक पुनित भार्सने भने ‘ पानी अमुल्य प्राकृतिक स्रोत हो । देशमा भएका स्थानीय पानीका स्रोतहरुको स्थिरता सुरक्षित गर्ने दृष्टिकोणलाई हामी नैतिक दायित्वअन्तरगत जारी राख्छौं । हाम्रा बोटविरुवाहरुमा प्रयोग हुने पानीको उपयोग दक्षतालाईहामी लगातार ध्यान दिईरहेका छौं । यसको लागि ठूला समुदायहरुसँग सकारात्मक योगदान गर्ने गरि भूमिगत पानीको उपलब्धतालाई रिचार्ज गर्ने परियोजना नेपालमा संचालन गरिरहेका छौं । रेनवाटर हार्भेटिंग एण्ड ग्राउण्डवाटर रिचार्ज प्रोजेक्ट रानीवारीमा रहेको समुदायलाई हस्तान्तरण गर्न पाउँदा यसले मलाई निकै हषिर्त बनाएको छ, जतिबेला यसले जोखिमयुक्त क्षेत्रहरुमा स्थानीय पानीका श्रोतहरुलाई सम्बोधन गर्दछ । म हाम्रा सम्पूर्ण सरोकारबालाहरुसँग यो प्रयासलाई आगामी दिनहरुमा पनि स्थाईत्व दिन सुनिश्चित गराउँदछु, जून आगामी दिनहरुका लागि उदाहरणीय कार्य हुनेछ ।’

वाटरएड नेपालका कार्यक्रम प्रबन्धक कविन्द्र पुडासैनीले भनेे, ‘दिन प्रतिदिन भूमिगत पानी घट्दै गएको छ । काठमाडौं उपत्यका जस्ता शहरी क्षेत्रहरुमा, अधिकतम पानी रिचार्ज हुने क्षेत्रहरु कंकि्रटका संरचनाहरु, कालोपत्रे सडकहरुलगायतले ढाकीसकेका छन्, जसको अर्थ शहरीकरणका कारण प्राकृतिक पानी रिचार्ज गर्ने क्षेत्रहरु घट्दै गएका छन् । लगभग ७० प्रतिशत वषर्ाको पानी ड्रेन वाटरमा मिश्रण हुने गरेको छ र मुख्य सडकहरुमा पानी जम्मा हुने समस्याहरु थपिएका छन् । यस्तो अवस्थामा, यो पानी रिचार्ज गर्ने तरिका प्रयोगात्मक रहेको छ, जसले राष्ट्रिय तहमा नै पानीको अभावको समस्यालाई सम्बोधन गर्नेछ । र साथमा शहरी क्षेत्रको दिगो विकास लक्ष्यका उद्देश्यहरु पुरा हुनेछ ।’

सिआईयुडीका कार्यक्रम निर्देशक सुर्दशन राजभण्डारीले भने ‘महानगरपालिको पानी आपूर्तिका साथमा, हामी ससक्तरुपमा रेनवाटर हार्भेष्टिंग तथा भूमिगत पानी रिचार्ज गर्नका लागि वकालत गर्दछौं । हामी सन् २००४ देखि नै विभिन्न किसिमका समान भौतिक हस्तक्षेप गरिरहेका छौं, शहरी क्षेत्रहरुमा पानीको माग भयावहरुपमा वृद्धि भईरहेको छ जहाँ स्रोतहरु भने अनियन्त्रित शहरीकरण र ग्लोवल वार्मिगका कारण निरन्तर घटीरहेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment