Comments Add Comment

खैराङका महिलाहरुले थाले जाँड बन्द अभियान

१४ चैत, मकवानपुर । जिल्लाको बिकट गाउँ खैराङका महिलाहरु जाँड बन्द गर्नै अभियान थालेका छन् । दिन/दिनै घरमा पुरुषले मदिरा सेवन गरेर आउँदै श्रीमती कुट्ने, गाउँ टोलमा अशान्ति फैदाउने गरेपछि खैराङका महिलाहरु समूह बनाएरै मदिरा निषेधित क्षेत्र घोषणा गर्ने अभियानमा जुटेका हुन् ।

उनीहरुले दैनिक ज्याला दारी गरेर परिवार चलाउँदै आएका छन् । तर, साँझ मदिरा पिएर आउने पुरुषहरुले श्रीमती तथा परिवारका अन्य सदस्य माथि कुटपिट गर्ने गरेको उनीहरु बताउँछन् ।

अब भने महिलाहरु मदिरा निषेधित क्षेत्र अभियानमा जुटेको जागरुक महिला समुहकी अध्यक्ष रुद्रकुमारी अर्यालले बताइन् । पहिला वडा नम्बर ९, त्यसपछि गाँउपालिकामा अभियान चलाइने उनले जानकारी दिइन् ।

अभियानलाई सार्थक बनाउन गाउँका सबै महिला जुटेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment