Comments Add Comment

‘हुन्डाई फेस्टिभ डिलाइट’ अफरका विजेता घोषणा


१८ चैत, काठमाडौं । हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले दशैं तिहारको उपलक्ष्यमा ल्याएको ‘हुन्डाई फेसटिभ डिलाइट’ अफरको विजेताहरुको नाम घोषणा गरेको छ ।

सो अफर अनुरुप हरेक नँया हुन्डाई गाडीको खरिदमा ग्राहकहरुले ५ लाखसम्मको छुट र एक वर्षको निशुल्क बिमा साथै स्क्रयाच कार्ड मार्फत थप १ लाख सम्मको नगद छुट, लक्कि ड्र मार्फत १०० जना भाग्यमानी विजेताहरुलाई १०-१० ग्राम सुन, १० जोडीलाई दुबई भ्रमण र कम्परमा लक्कली ड्रबाट २ जनालाई हुन्डाई इलाइट-आई२० र हुन्डाई एक्सेन्ट जित्ने अवसर पाएका थिए ।

अफरको विजेताको घोषणा हिमालय टिभीमार्फत लक्की ड्र गरेर शुक्रबार गरिएको थियो । कार्यक्रमकी मुख्य अतिथि कन्ज्युमर आई नेपालकी अध्यक्ष बिमला खनालसंगै मिस फ्रेन्डसिप २०१७ र मिस नेपाल निकिता चाण्डक थिए ।

अफर अन्तर्गत, कुपन नम्बर ९८० का शुसन प्रसाद अधिकारी ले हुन्डाई इलाईट आई-२० जिते भने कुपन नम्बर ८५३ का श्री कन्काई आयल सपलायर्सले हुन्डाई एक्सेन्ट प्राप्त गरे ।

अफर अनुरुप १०० जना भाग्याशाली विजेताहरुको लक्की ड्र खनालले कन्ज्युमर आई नेपालको अनामनगर अवस्थित कार्यालयमा गरेकी थिइन् ।

रएको थियो । सो अफरका १०० जना भाग्याशाली विजेताहरुको नाम हुन्डाई नेपालको फेसबुक पेजमा समावेश गरिएको छ । जोडीको लागि दुबई भ्रमण गर्ने गरी १० जना भाग्यशाली विजेता छनोट पनि भएको छ । विजेताहरु निम्न छन्ः-

१) सुजा बास्तोला
२) महेस राजकणिर्कार
३) कृष्ण राज पोख्रेल
४) अनिल कुमार श्रेष्ठ
५) पेमा लामा
६) बालकृष्ण थापा
७) नीरज क्षेत्री
८) दान बहादुर चौहान
९) धन्जयन् शर्मा बञ्जारा
१०) सूर्य लाईफ इन्सुरेन्स कम्पनी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment