Comments Add Comment

भिभोको ‘भी नाइन’ फुल भ्यू डिस्प्ले स्मार्टफोन आयो

२० चैत, काठमाडौं । भिभोले अल-न्यू भी नाइन अल पावर्ड फुल भ्यू डिस्प्ले स्मार्टफोन नेपाली बजारमा ल्याएको छ । कम्पनीकाअनुसार भिभोको फुलभ्यू डिस्प्ले र ९० प्रतिशत स्कि्रन-टु-बडी अनुपात रहेको छ जसले पर्फ]{ट सट दिन्छ ।

भि नाईन उत्कृष्ट डिजाईन भएको स्मार्ट फोन हो जसबाट पर्फेक्ट सट लिन सकिन्छ र एआई पावरको माध्यमबाट पर्फ]{ट भ्यू प्रदान गर्छ ।

५ जी वरपर भिभोको हालैको घोषणा र ईन्-डिस्प्ले फिङ्गर पि्रन्ट स्क्यानिङ्ग प्रविधि पछ्याउँदै, भिभो भि नाईनले एडभान्स्ड मेशिनलर्निङ्गको प्रयोगबाट विशिष्ट एआई-पावर्ड मोवाईल अनुभव प्रदान गर्दछ । जसले एआई फेस ब्युटी, एआई स्मार्ट ईन्जिन र एआई सेल्फी लाईटिङ्ग जस्ता सुविधाहरु बढाँउछ ।

भिभोको एआई फेस ब्युटी प्रविधि करिब दश लाख अनुहारका फोटोहरुको व्यापक डाटाबेस प्रयोग गरी तयार पारिएको छ । जसको कारण, भि नाईनको एआईले प्रयोगकर्ताको उमेर, लिङ्ग, छालाको रङ्ग, बनावट साथै लाइटिङ्ग वातावरण पत्ता लगाउन सक्छ ।

यसले मोवाईलले स्थानिय प्रयोगकर्ताहरुको प्राथमिकताहरुलाई अभिवृद्धि गर्न मदत गर्दछ । अरु एआई फोटोग्राफीका सुविधाहरुमा एआई सेल्फी लाइटिङ्ग पर्छ, जसको अल्गोरिदमले मौलिक डी फोटोलाई थ्री डी मोडलमा परिवर्तन गर्दछ ।

जसले प्रकाशलाई प्रामाणिक र कलात्मक रुपमा प्रशोधन गर्न सक्दछ भने प्रयोगकर्ताहरुलाई आफ्नो सृर्जना बनाउन मद्दत गर्दछ ।

फोटोग्राफी बाहेक, भि नाईनको एआईले फोन अपरेशनको उत्कृष्ट प्रदर्शन सुनिश्चित गर्दछ र एआई स्मार्ट ईन्जिन प्रणालीको स्रोतहरुले प्रयोगकर्ताहरुका बाँनीअनुसार प्राथमिकता दिन्छ ।

भिभोले पहिलेको फेसिएल अनलकिङ्ग प्रविधिलाई एआई फेस एक्सेसद्वारा सुधार गरेको छ, जसले प्राकृतिक छालाको प्रतिबिम्बत फोटो र भिडियो देखाउँदा अनलक हुने सम्भावना घटाउन अनुहारको हलचल पत्ता लगाउँछ ।

भि नाईनको एआई अटेन्सन सेन्सिङ्गले प्रयोगकर्ताले फोनमा हेरिरहेको पत्ता लगाउँछ, जसले गर्दा फोन चलाईरहेको बेला मेसेज अलर्ट, ईन्कमिङ्गकल र अर्लाम हरुको आवाजको अवरोध घटाउन स्वचालित रुपमा आफंै कम हुन्छ ।

कम्पनीकाअनुसार भि नाईनले ग्राहकहरुको मोवाईल क्यामेराको आवश्यकतालाई बुझेर स्वचालित रुपमा कुनै पनि वातावरणमा पर्फेक्ट सट निर्माण गर्दछ ।

‘हामी युवा ग्राहकहरुमाँझबजारमा भि नाईनको एआई पाओर चिनाउन उत्सुक छाैं । एआईको मुख्य भूमिकाको साथमा हामी विश्वबजारमा धेरै ग्राहकहरुलाई अहिले सम्मकै सबैभन्दा सजिलो पर्फेक्ट सट लिई आफूलाई व्यक्त गर्ने प्र्रेरणा दिन सक्छाैं भन्ने कुरामा विश्वस्त छाैं । साथै, फूल भ्यु डिस्प्लेले ग्राहकहरुलाई पर्फेक्ट भ्यु प्रदान गर्दछ जसले हरेक प्रकारको फोटोग्राफिक क्षणहरुको अनुभव गराउँछ ,’ विज्ञप्तिमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment