Comments Add Comment

रोनाल्डोले लगातार दशौं खेलमा गोल गरे

२५ चैत, काठमाडौं । क्रिष्टियानो रोनाल्डोले लगातार दशौं खेलमा रियल मड्रिडका लागि गोल गरेका छन् तर, मड्रिड डर्बी बराबरीमा सकिएको छ ।

आइतबार भएको खेलमा रियल र एथ्लेटिको मड्रिडले १-१ को बराबरी खेेलेका हुन् ।

रियल मड्रिडका मार्को एसेन्सिओ र मार्सेलोको प्रहार बारमा लागेर फर्किएको थियो । ५२ औं मिनेटमा ग्यारेथ बेलको पासमा रोनाल्डोले गोल गरे ।

उनको लगातार १० खेलमा उनको यो २० औं गोल हो ।

तर, चार मिनेटपछि नै एथ्लेटिको मड्रिडले बराबरी गोल फर्कायो । भिटोलाको प्रहार नाभासले रोकेका थिए तर, फर्किर आएको बेलमा एन्टोनी ग्रिजम्यानले गोल गरेका हुन् ।

निर्धारित समयको खेल सकिन २६ मिनेट बााकी छादा नै आश्चर्यजनक रुपमा रोनाल्डोलाई सब्सिच्युट गरिएको थियो । उनको स्थानमा करिम बेन्जिमा आए । शायद युभेन्टसविरुद्धको दोस्रो लेगलाई ध्यानमा राखेर हुनुपर्छ । क्वार्टरफाइनलको पहिलो लेगमा रियल ३-० ले विजयी विजयी भएको थियो ।

यो जितले एथ्लेटिको मड्रिडलाई रियल भन्दा ४ अंक अगाडि दोस्रो स्थानमा कायमै राखेको छ तर, लिग लिडर बार्सिलोना भन्दा ११ अंकले पछाडि छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment