Comments Add Comment

विश्वकप हेर्न पाउने भाग्यमानी भन्छन्-रसियामा नेपाली झण्डा फहराउँछौं


२७ चैत, काठमाडौ । नक्सालका कमलरत्न शाक्यलाई रसिया विश्वकप हेर्न जान पाउँछु भन्ने कुरा सपना जस्तो लागिरहेको छ । तर, कोक खाएरै उनी विश्वकप हेर्न जान पाउने निश्चित भइसक्यो ।

‘भोजमा ल्याएको कोकको नम्बर एसएमएस गरेर पठाएको थिएँ । पर्छ भन्ने नभएपनि लक हो ट्राइ गरौं भनेर गरेको, पर्‍यो,’ उनी भन्छन्,’अझै त्यहाँ पुग्छु भन्ने विश्वास नै लागेको छैन ।’

उनी रसियामा पुगेर आफ्ना उतै बस्ने दाइलाई भेट्ने योजना पनि बुनिरहेका छन् । वश्वकप प्रत्यक्ष रंगशालामा उपस्थित भएर हेर्न पाउने क्षणलाई कल्पना गर्दै शाक्य रोमाञ्चित छन् । उनी विश्वकपमा जाँदा मेसी र रोनाल्डोको खेल हेर्न पाए हुन्थ्यो भन्ने कामना गरिरहेका छन् ।

उनी अझै पनि कोकमा रसिया जाने अवसरका लागि ट्राई गरिरहेका छन् ।

‘हाम्रोमा भोज भइरहन्छ । कोक ल्याउनैपर्छ । अहिले पनि म अरु पनि पुरस्कार पाइन्छ कि भने ट्राइ गरिरहेको छु,’ उनी हाँसो छर्दै भन्छन्,’एसएमएस त धेरै पठाइसकेँ । जाम लागेको छ ।’

यस्तै चाँपागाउँका सानुबाबु कपाली पेशाले व्यवसायी हुन् । उनलाई पनि कोकले भाग्यमानी सावित गर्‍यो । रसियामै गएर विश्वकप हेर्न पाउने ४० भाग्यमानी नेपालीमध्ये उनी पनि एक हुन् ।

‘सुरुमा त रसिया जान पाइने भयो भन्ने सुन्दा विश्वास नै लागेन । म फुटबल निकै रुचाउँछु । अब रसियामै गएर विश्वकप हेर्न पाउने भन्दा कम्ता खुसी लागेको छैन,’ कपाली भन्छन्,’ म रंगशालामा गएर विश्वकप हेर्दै गर्दाको पल जीवनकै अद्भुत र अविस्मरणीय हुनेछ ।’

लाजिम्पाटका महेश राईलाई रंगशालामै पुगेर विश्वकप हेर्ने रहर सानैदेखि नै थियो । तर, योपटक कोकाकोलाले यो रहर पुरा गर्दिने भएपछि उनी निकै उत्साहित छन् । उनलाई त्यो दिनको ब्यग्र प्रतीक्षा छ । भन्छन्,’म त्यहाँ गएर रंगशालाबाटै फेसबुकबाट लाइभ गर्न चाहान्छु । म नेपालको प्रतिनिधित्व गर्दै रंगशालामा नेपालको झण्डा फरराउँछु ।’

ठिमीका ओमनाथ श्रेष्ठ पनि रसियामा विश्वकप हेर्न पुग्दैछन् । कोकले दिएको यो अवसरप्रति उनी आभारी छन् ।

‘म म्यान्चेस्टर युनाइटेडको फ्यान हुँ । मेरो भाग्य बलियो रहेछ भने गोलकिपर डेभिड दे गियालाई देख्न पाऊँ,’ उनीको कामना छ,’स्पेनले खेल्ने कुनैपनि म्याच हेर्न पाएँ भने म आफूलाई भाग्यमानी सम्झनेछु ।’

उनले मामाघरको दाइको बिहेमा किनेर ल्याएको कोकबाटै रसिया जाने भाग्य खुलाएका हुन् । त्यसैले उनी यो सौभाग्यले पाएको अवसरलाई त्यसै खेर जान दिने पक्षमा छैनन् । उनी रसिया पुगेर रंगशालाबाट विश्व फुटबलका महारथीहरुलाई देख्न चाहान्छन् । उनी इंगल्याण्डका रुनीलाई पनि देख्न चाहन्छन् ।

‘मलाई कोकको यो अफरबारे थाहा नै थिएन । कोक किनेर ल्याएपछि लेभलमा देखेँ । लक ट्राई हुन्छ भनेर एसएमएस गरेको थिएँ । यसपटक भाग्यले चम्कियो’ उनी खुशी साट्दै भन्छन् ।

अर्का भाग्यमानी फुर्वा शेर्पा बौद्धमा बस्छन् । भान्जीले कोक खाँदा उनलाई रसिया जाने अवसर जुरेको हो ।

‘भान्जीले खाएको कोकबाट नै मलाई रसिया जाने अवसर मिल्यो,’ फुर्वा भन्छन्,’म यो मौकालाई भरपुर उपयोग गर्नेछु ।’ उनी रसिया पुगेपछि अवसर मिले त्यहाँको क्लबमा पुग्ने इच्छा राख्छन् ।

उन पनि फुटबलका पारखी हुन् । रसिया नै पुगेर विश्वकप हेर्न सपना पुरा हुने अवस्था बनाएकोमा उनले कोकलाई धन्यवाद दिए ।

कोकले यो वर्ष ४० जना भाग्यशाली नेपालीलाई विश्वकप हेर्न रसिया लैजाँदैछ । त्यसका लागि कोक बोटलको लेभलमा भएको युनिक कोड एसएमएएस गर्न अब ६ दिन मात्र बाँकी छ ।

कम्पनीले अझै धेरै भाग्यासाली विजेता छान्नै बाँकी छ । त्यसैले सबैलाई यो अवसर नछुटाउन अनुरोध गरेको छ ।

यो अफर ३०० एमएल, ५०० एमएल, १ लिटर, १.५ लिटर र २.२५ लिटरका कोक, फेन्टा ओरेन्ज, फेन्टा लेमोन, स्प्राइट र कोक जिरोमा लागू भएको छ ।

कोकका ग्राहकले १० अंकको युनिककोड (जुन लेबलको पछाडि राखिएको हुन्छ) लाई ३७७२२ मा एसएमएस गर्नुपर्छ । लक्की ड्रमा राति १२ बजेदेखि बेलुका ७ बजेसम्म आएका एसएमएस समावेश गराइन्छ र भाग्शालीले रसिया जाने अवसरसँगै विभिन्न उपहारहरु जित्ने मौका पाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment