Comments Add Comment

दायित्वको ‘युवा आज’ अभियान सुरु

१७ चैत, काठमाडौ । दायित्व सस्ंथाले ‘युवा आज’ नामक अभियान सुरु गरेको छ ।

कुपण्डोल, ललितपुर स्थित होटेल हिमालयमा विशेष कार्यक्रम गरी अभियान औपचारिक रुपमा सुरु गरिएको हो ।

युवा रोजगारीको अवसर, चुनौती तथा समस्या लगायतका विषयमा केन्द्रित भइ कार्यक्रमलाई समूहगत छलफल -प्यानल डिस्कसन), युवा भेला गरी दुई खण्डहरुमा विभाजन गरिएको थियो ।

पहिलो खण्डको समूहगत छलफलमा प्यानलिस्टहरु निम्बुस होल्डिंग प्रा.लिका प्रबन्ध निर्देशक, आनन्द बगारिया, सिनियर सोसियल प्रोटेक्सन स्पेसिलिस्ट, विश्व बैंक समूहका जस्मिन राजभण्डारी, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उपसचिब, सुजन जोजीजु तथा टेवाको संस्थापक रीता थापाहरुले रोजगार खोज्ने ब्यक्ति र रोजगारदाता बीच रहेको सूचनाको कमि र अभावलाई कसरी घटाउन सकिन्छ ? व्यक्तिको आकांक्षा अनुरुपको पेशामा मेल ल्याउन कसरी सुनिश्चित गर्न सकिन्छ ? रोजगारी सम्बन्धी कानुन परिमार्जन, निजी क्षेत्रमा पुनः लगानीलगायतका विषय तथा मुद्धाहरुमा छलफल गरेका थिए ।

दोस्रो खण्ड अन्तर्गत युवा भेलामा इको सेलका सहसस्थापक तथा फोर्ब्स पत्रिकाले छनौट गरेको ३० वर्षमुनिका ३० जना युवा मध्येका एक निशान श्रेष्ठ, पिंक टिफिनी रेष्टुरेन्टको सञ्चालक, मेघ्ना लामा, ओपन स्पेस नेटवर्कका सहसस्थापक, फैजा पारविन तथा स्वाश्थ्य तथा राष्ट्रिय ट्रमा सेन्टरका डा. सन्तोष पौडेलले युवा रोजगारीको चुनौतीहरु र सम्भावना लगायतका विषयमा समूहगत छलफल गरेका थिए ।

कार्यक्रममा उद्यमी, संघ संस्थाहरुले आफ्ना उत्पादन तथा सामाग्रीहरु प्रर्दशनीमा पनि राखेका थिए । यस अभियानका लागि प्रदेश ५ का स्थानीय तह, प्रादेशिक तह तथा संघीय तहमा १०/१० जना गरी ३० जना क्षमतावान् नव युवा अभियन्ताहरुको खोजी गरिरहेको पनिसस्ंथाको कार्यकारी निर्देशक, डा. पुकार मल्लले बताए ।

साथै आवेदनका लागि १४ वैशाख २०७५ सम्म आवेदन फारम खुल्ला गरिएको छ । छनौटमा परेका नव युवा अभियन्ताहरुले कार्ययोजना बनाइ अभियान मार्फत स्थानीय सरकार, जनप्रतिनिधि, सांसद तथा सम्बन्धित अन्य सकोकारवालाहरुसँग नीति तथा व्यवाहार परिवर्तनका लागि पैरवी गर्ने पनि मल्लले बताए ।

कार्यक्रमका प्रमुख अतिथी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिस्टले अबको सरकारले कृषि, खानी, विज्ञान, प्रविधी, जडिबुटी तथा पर्यटनको क्षेत्रमा ध्यान दिने बताएका थिए ।

त्यसैगरी, यस अभियानबाट प्राप्त भएका तथ्यांकहरुमा नेपाल सरकारले महत्व दिने बताउदैं यस अभियानको लागि शुभकामना पनि दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment