Comments Add Comment

पल्सर स्पोर्ट्स अवार्ड जेठ ४ गते


२७ चैत, काठमाडौं । पल्सर स्पोर्ट्स अवार्ड २०७४ आगामी जेठ पहिलो साता हुने भएको छ । नेपाल खेलकुद पत्रकार मञ्चले आगामी जेठ ४ गते आर्मी अफिसर्स क्लबमा अवार्ड हुने जनाएको छ ।

यसबर्ष पनि उत्कृष्ट खेलाडी पुरुष, महिला, युवा, प्रशिक्षक, पिपल्स च्वाइस अवार्ड, पारा एथलिट, स्पेसल अवार्ड र लाइफटाइम एचिभमेन्ट अवार्ड गरी ८ विधामा अवार्ड प्रदान गरिनेछ ।

उत्कृष्ट पुरुष र महिला खेलाडी, पिपल्स च्वाइस अवार्ड तथा बर्षका उत्कृष्ट प्रशिक्षकलाई पल्सर मोटरसाइकल प्रदान गरिनेछ । अन्य विधाका विजेतालाई ५० हजार दिइनेछ ।

मुख्य प्रायोजक हुलास चन्द एन्ड कम्पनीले पल्सर स्पोर्ट्स अवार्ड २०७४ को लागि २० लाख रुपैया बराबरको सहयोग गर्नेछ । त्यसमा १० लाख रुपैया नगद र चार वटा एनएस १६० मोटरसाइकल हुनेछन् ।

प्रायोजन स्म्झौता-पत्रमा मञ्चका अध्यक्ष महेश आचार्य र हुलास चन्द एन्ड कम्पनीका निर्देशक अभिमन्यू गोल्छाले हस्ताक्षर गरेका छन् ।

केही दिनमा विभिन्न विधाका मनोनयनमा पर्न सफल खेलाडी र प्रशिक्षकको नाम सार्वजनिक गरिने मञ्चले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment