Comments Add Comment

मोटरसाइकल चालकलाई जब सर्पले ‘बाटो छेक्यो’

सडकमा भेटिएको सर्प

२८ चैत, सल्यान । मंगलबार साँझ कपुरकोट-३ पाखापानीका खिमेन्द्र सेन मोटरसाइकल चढेर कपुरकोट बजारबाट आफ्नो घरतर्फ जाँदै थिए । कपुरकोट बजारबाट केही पर पुगेपछि हरियो रंगको सर्प बीच बाटोमा देखियो । उनले मोटरसाइकल रोके र साथीहरुलाई खबर गरे ।

सर्प भागेन । उल्टै खिमेन्द्रको ग ८ प ६८२९ नम्बरको मोटरसाइकल माथि चढ्यो र सिट मुनि गुडुल्किएर बस्यो । सर्पले रातभर पनि मोटरसाइकल नछाडेपछि स्थानीयबासी ‘नाग देवता’ भन्दै पूजा गर्न व्यस्त छन् ।

सर्पको गतिविधि नियाल्दै फोटो र भिडियोमा दृष्य कैद गर्नेहरुको संख्या पनि बढ्दै गएको छ ।

खिमेन्द्रले सर्पले बाटो छेकेको भनेपछि रेडियो कपुरकोटका स्टेशन म्यानेजर सन्तोष घर्ती र कपुरकोट बजार व्यवस्थापन समितिका अध्यक्ष रुपक बुढा सर्प भएको स्थानमा पुगे ।

सर्पलाई पूजा गर्दै स्थानीयबासी

स्थानीयबासी भन्छन्, ‘त्यो सर्प शुरुमा खिमेन्द्रको ग ८ प ६८२९ नम्बरको मोटरसाइकलमा चढेर फेरि झर्‍यो । र, केहीपर रोकिराखेको बजार व्यवस्थापन समितिका अध्यक्ष रुपक बुढाको रा ३ प २४११ नम्बरको मोटरसाइकलमा पनि चढ्यो ।’

स्थानीयबासीसँगै कपुरकोट ५ मा बस्दै आएका ‘जय गुरुदेव बाबा’ भनिने व्यक्ति पनि त्रिशुलसहित सो स्थानमा आइपुगेका छन् ।

स्थानीयबासी रातभर सर्प भएको स्थानमा जाग्राम बसेका छन् । ‘सबैजना पालामा बत्ती बाल्दै पूजा गर्नमै व्यस्त छन्,’ स्थानीय डिलबहादुर बुढाथोकीले भने, ‘भागेर नजाने र मोटरसाइकलबाट बाहिर निस्किएर फेरि मोटरसाइकलमै गएर बस्ने गरेकाले दैवी शक्ति भन्दै पूजा गर्नेहरुको भिड लागेको छ ।’

बुधबार बिहानसम्म पनि सर्पले मोटरसाइकल छाडेको छैन ।

मोटरसाइकलको सिटमुनि बसेको सर्प

– शंकर केसीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment