Comments Add Comment

जनताको देवनगर एक्स्टेनसन काउण्टर अब शाखा


२ वैशाख, काठमाडौं । जनता बैंकको बुटवल उपमहानगरपालिका रुपन्देहीस्थित देविनगर एक्स्टेनसन काउण्टरलाई शाखामा स्तरोन्नति गरेर कारोबार सुरु गरिएको छ । विसं २०६८ साल फागुनदेखि सञ्चालनमा आएको यस एक्स्टेनस काउन्टरलाई ग्राहकहरुको सुविधालाई मध्ये नजर गरि नेपाल राष्ट्र बैंकबाट स्वीकृती लिएर शाखामा स्तरोन्नति गरिएको हो ।

शाखाबाट ग्राहकहरुले सहज र सरलरुपमा पूर्ण बैंकिङ सेवा प्राप्त गर्न सक्नेछन् भन्ने बैंकले विश्वास लिएको छ ।

यससँगै जनता बैंक नेपाल लिमिटेडको शाखा सञ्जाल १ सय ७ पुगेको छ । बैंकले ३३ शाखा रहित बैंकिङ, २ सिमित बैंकिङ ईकाइ, २ एक्सटेन्सन काउन्टर र ६९ एटिएमबाट सेवा प्रदान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment