सोमबार, १० वैशाख, २०७५
Ruslan
OnlineKhabar.com

शिक्षकहरुलाई प्रचण्डको सुझाव : छोराछोरी सरकारी स्कुलमै भर्ना गर्नू

अनलाइनखबर

३ बैशाख, काठमाडौं । पूर्व प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले शिक्षकहरुलाई आफ्ना बालबालिका सामुदायिक विद्यालयमै भर्ना गर्न निर्देशन दिएका छन् ।

एकीकृत अखिल नेपाल शिक्षक संगठनले आयोजना गरेको एक कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भने, ‘तपाईहरुका छोराछोरी सामुदायिक विद्यालयमै पढाउनु होला ।’

सामुदायिक विद्यालयको गुणस्तर बृद्धि गर्नुपर्ने भन्दै अध्यक्ष प्रचण्डले त्यसका लागि सबैले प्रतिबद्धता गर्नुपर्ने बताए ।

साथै निजी विद्यालयहरुका सम्बन्धमा शुल्क घटाउन दवाव सिर्जना गर्नुपर्ने भन्दै अध्यक्ष प्रचण्डले अहिले निषेध नै गरेर जान नहुँने उल्लेख गरे । ‘निजी क्षेत्रलाई थोरै प्रेसर क्रेट गरौं, उनले भने,’निषेध गरेर पनि हुँदैन ।’

कार्यक्रममा शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले समेत शिक्षकहरुलाई निर्देशन दिएका थिए ।

२०७५ वैशाख ४ गते ०:४५ मा प्रकाशित (२०७५ वैशाख ३ गते १९:५९मा अद्यावधिक गरिएको)

सम्बन्धित शीर्षकहरु

अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

मुख्य खबरहरु

१ प्रतिकृया प्राप्त
  • KIRAN लेख्नुहुन्छ    |   २०७५ वैशाख ४ गते १२:०१

    pahile neta haru ra thula thula bisista karmachari haru ko ra afu sarkari ma padhyara 6ora 6ori niji ma padhune ko 6ora 6ori sarkari school ma padhunu laganus. ani sarkari school ko gunstar sudhar garnus. hami tayar 6au. hami lai paisa badhi bhayera niji ma padhye ko hoina. badhayta ho.
    sarkari ma rajneeti hatunus. teacher ra student lai sarkari school college ma rajniti garna banda garaunus.

    0
    0
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Also you may like this