Comments Add Comment

समृद्धि र तिब्र विकासका लागि एकताको खाँचो छ : प्रदेश प्रमुख कोइराला

११ वैशाख, हेटौंडा । प्रदेश ३ का प्रदेश प्रमुख अनुराधा कोइरालाले मुलुक समृद्धिको चरणमा प्रवेश गरिसकेकाले अब सत्तापक्ष र प्रतिपक्षको आवश्यकता नभएको बताएकी छन् ।

मंगलबार प्रदेशसभाको बैठकमा संबोधन गर्दै उनले भनिन् ‘कानुनत: सत्ता पक्ष र प्रतिपक्ष भए पनि विगतमा अधिकार प्राप्तिको लागि बिभिन्न दल र समूह बनाएर लडेपछि त्यो चरण पूरा भएर अब स्थायीत्व, समृद्धि र तिब्र विकासका लागि आपसी एकताको आवश्यकता छ ।’

प्रदेश समतामूलक, समाजवाद उत्मुख, पूर्ण लोकतान्त्रिक, एकताबद्ध बिकास र समृद्धिको दिशामा अघि बढ्नुपर्नेमा उनले जोड दिइन् ।

मुलुकको बढ्दो व्यापार घाटा न्यूनीकरणका लागि प्रदेशले सम्भाव्यताको अध्ययन गर्दै कृषि तथा पशुपालनको व्यवसायीकरण,स्वाधीन अर्थतन्त्रको प्रवद्धनमा जोड दिदै अघि बढ्नुपर्ने बताइन् । प्रदेशका जनताले बनाएको दिगो बिकास समृद्धिको सपनालाई साकार पार्न काम गर्नुपर्ने देखिएको छ ।

प्रदेशका लागि महत्वपूर्ण मानिएको सुरुङमार्ग मार्फत छोटो दुरीको पहुँच, एक जिल्ला एक बिशिष्ट उत्पादन प्राविधिक शिक्षाको स्थापना र बिस्ता नयाँ शहरको अध्ययन निर्माण र विस्तार जोखिममा रहेका वस्तीको स्थानान्तरणसहितका काममा प्रदेश सरकारले लिएको तत्परताले प्रदेशवासीमा उत्साह थपिने विश्वास व्यक्त गरिन् ।

सम्बोधनको क्रममा प्रमुख कोइरालाले कुनै पनि बहानामा हाम्रो समाज हिंसा, अराजकता तथा मुटभेड तर्फ धकेलिन नहुने बताइन् ।

अब गौरबशाली इतिहास र परम्परा स्थापित गर्दै मानव विकासको यात्रामा अघि बढ्नुपर्नेमा प्रदेश प्रमुख कोइरालाले जोड दिइन् ।

अग्रसरताको मुहान जनप्रतिनिधि भएको बताउँदै कोइरालाले यसको स्पष्टमार्ग चित्रण भै देखिन थालिसकेको संबोधनका क्रममा बताइन् । अन्तर प्रदेश सम्बन्ध स्थापित गर्दै बिकास र समृद्धिको यात्रामा साझेदार बन्न जोड दिइन् ।

प्रदेशको समग्र बिकासका लागि यस क्षेत्रका सबै व्यक्ति तथा संस्थाको भूमिका महत्वपूर्ण रहने भन्दै सुखी, समृद्ध र सुन्दर प्रदेश निर्माणमा सबैले आ-आफ्नो तर्फबाट महत्वपूर्ण योगदान गर्न आह्वान गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment