Comments Add Comment

१०३ किलो गाजासहित मकवानपुरमा एकजना पक्राउ

५ चैत्र, हेटौंडा । प्रहरीले लागूऔषध गाजासहित मकवानपुरमा एकजनालाई पक्राउ गरेको छ ।

राक्सिराङबाट गाजा लिएर आउँदै गरेको सूचनाको आधारमा गएको प्रहरी टोलीले ग१ज ७२१९ नम्बरको बोलेरोमा रहेको गाजासहित राक्सिराङ-५ का पूर्णबहादुर थिङलाई पक्राउ गरेको हो ।

बोलेरोमा मनहरीतर्फ ल्याउँदै गरेको अवस्थामा १०३ किलो ग्राम गाजासहित थिङलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक यज्ञप्रसाद भट्टराईले जानकारी दिए ।

प्रहरीले बोलेरोबाट प्लाष्टिकको ५ वटा बोरामा प्याक गरेको १३ वटा पोका फेला पारेको थियो । घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका थिङलाई लागूऔषध नियन्त्रण ऐन २०३३ बमोजिम मुद्धा चलाइने प्रहरीले बताएकेा छ ।

ऐनमा २ वर्ष देखि १०वर्ष कैद र १५ देखि १ लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment