Comments Add Comment

प्रदेश ३

List Grid
महोत्सवमा हात्तीलाई यातना दिएको पेटाको आरोप

३ असार, चितवन । सौराहामा हुने हात्ती महोत्सवमा हात्तीलाई यातना दिएको आरोप अमेरिकी संस्था पेटाले लगाएको छ । जनावरको अधिकारीको क्षेत्रमा काम गर्दै आएको संस्था पिपुल फर दी इथिकल ट्रिटमेन्ट फर एनिमल (पेटा) ले महोत्सवका क्रममा हात्तीलाई यातना दिने गरिएको भिडियोसहितको सामाग्री तयार गरेको छ । उसले भनेको छ, ‘नेपालको सौराहामा हुने हात्ती महोत्सवमा माहुतेहरूले […]

प्रदेश नं. ३ को नाम टुंगो लागेन, ३ नाका खोल्ने तयारी

२५ जेठ, काठमाडौं । प्रदेश नं ३ को नामकरण गर्ने र राजधानी कहाँ राख्ने भन्ने विषयमा अझै पनि टुङ्गो लाग्न सकेको छैन । प्रदेशको नामकरण गर्ने विषयमा अहिले निकै चर्चा चलेको छ । प्रदेशसभामा दर्ता भएको प्रदेशको नाम गौरीशङ्कर, वाग्मती, नेवा ताम्सालिङ, नेपाल मण्डल, गोसाइँकुण्ड, शैलुङजस्ता नाम छन् । राजधानीका बारेमा मकवानपुर, चितवन, काभ्रेमा राजधानी […]

प्रदेशसभामा एकैदिन ५१ सांसदले बोले

१६ जेठ, हेटौंडा । प्रदेश ३ प्रदेशसभाको बिहीबारको बैठकमा ५१ जना सांसद्हरुले आफ्नो भनाइ राखेका छन् । प्रदेशको ३ सरकारले आगामी आर्थिक वर्ष ०७६/७७ का लागि ल्याएको नीति तथा कार्यक्रममा सांसद्हरुले आफ्नो भनाइ राखेका हुन् । नीति तथा कार्यक्रममाथिको छलफलमा सत्तापक्ष र प्रतीपक्षीका सांसद्हरुले कार्यान्वयनमा समस्या हुने गरी नीति तथा कार्यक्रम आएको बताएका हुन् । […]

सांसदलाई मन्त्री ढुंगेलको जवाफ–कुण्ठा नपोख्नुस्, गल्ती औल्याउनुस्

९ जेठ, हेटौंडा । प्रदेश ३ का आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुङगेलले संरचना र कर्मचारीका कारण बजेट कम खर्च भएको बताएका छन् । प्रदेशसभामा प्रस्तुत भएको आगामी आर्थिक वर्षको सिद्धान्त र प्राथमिकताको तीव्र आलोचना भइरहेको बेला प्रदेशसभामा जवाफ दिदैं मन्त्री ढुंगेलले समयमै कर्मचारी नआउँदा पुँजीगत खर्च कम भएको बताए । ‘गत वर्षको मंसिरमा संरचना […]

ढाँट आगजनीको आरोपमा रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष पक्राउ

८, जेठ, चितवन । पूर्व पश्चिम राजमार्ग अन्तर्गत टिकौली जंगल छेउमा रहेको सडक बोर्ड नेपालको ढाटमा आगजनी र तोडफोड गरेको आरोपमा रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष राजाराम रेग्मी पक्राउ परेका छन् । उनलाई पूर्वी चितवनबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । केही दिनअघि एक समूहले तोडफोड र आगजनी गर्दा एक जना महिला प्रहरी सहायक निरीक्षक […]

प्रदेश ३ मा विकासका स्वयमसेवक परिचालन

६ जेठ, हेटौंडा । जनतालाई सरकारको महशुस गराउनका लागि प्रदेश ३ ले विकास स्वयमसेवक परिचालन गरेको छ । विकासको बिभिन्न क्षेत्रमा भैरहेको जनशक्तिको अभाब पूर्तिका लागि प्रदेश ३ सरकारले १३ वटै जिल्लामा स्वयमसेवक परिचालन गरेको हो । सामाजिक विकास मन्त्रालय मातहत रहने गरी सरकारले बिभिन्न ११ वटा क्षेत्रमा आबद्ध रहेका युवाहरुलाई सबै सम्बन्धित जिल्लाको समन्वय […]

नेकपाको मकवानपुर जिल्ला कमिटी १४५ सदस्यीय

५ जेठ, हेटैंडा । नेकपा ३ नम्बर प्रदेश समितिको वैठकले नेकपा मकवानपुरको जिल्ला कार्य समितिको एकता प्रक्रिया टुङ्ग्याएको छ । नेकपा प्रदेशको बैठकले जिल्ला कमिटीमा तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबाट गरी १४५ जनाको नाम टुङ्ग्याएको हो । जिल्ला कमिटीको अध्यक्षमा तत्कालीन एमालेकी जिल्ला अध्यक्ष मुनु सिग्देल र सचिवमा माओवादी केन्द्रका जिल्ला संयोजक प्रेमबहादुर पुलामी […]

मकवानपुरमा बस ठोक्किँदा चालकको मृत्यु, ३ जना गम्भीर घाइते

४ जेठ, हेटौंडा । पूर्वपश्चिम राजमार्गको हेटौंडा-३ बसामाडीमा दुई वटा बस ठोक्किँदा एक जना चालकको मृत्यु भएको छ । दुर्घटनामा ३० जना घाइते भएका छन् । काठमाडौंबाट हेटौंडा आउँदै गरेकोे ना ७ ख ९३६ नम्बरको बस र इलामको पशुपतिनगरबाट काठमाडौं जाँदै गरेको ना ७ ख २०५७ नम्बरको बस शनिबार बिहान ठोक्किएका हुन् । दुर्घटनामा उदयपुर […]

प्रदेश ३ सरकारले पनि विभूषण र पदक बाँड्ने

४ जेठ, हेटौंडा । संघीय सरकारले जस्तै प्रदेश ३ सरकारले पनि बिभिन्न व्यक्तिहरुलाई विभूषण तथा पदकले सम्मान गर्ने भएको छ । आन्तिक मामिला तथा कानून मन्त्रालयका मन्त्री शालिकराम जमकट्टेलका अनुसार प्रदेश ३ सरकारले २२ वटा पदक बाँड्ने छ । प्रदेश सभा दर्ता गराइएको ‘विभूषण सिफारिस तथा सम्मान र पदक सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ मा […]

मदन भण्डारी राजमार्गको धरान–चतरा खण्ड निर्माणमा तीव्रता

३ जेठ, हेटौंडा । मदन भण्डारी राजमार्गको धरान चतरा खण्ड निर्माणले गति लिएको छ । तीन बर्षमा सक्ने योजना रहेको यो सडकमा हेटौंडा–सिन्धुली र सिन्धुली–उदयपुर गरी दुई खण्डमा आयोजनाको काम तीव्र गतिमा भइरहेको दुबै योजना कार्यालयले जनाएको छ । धरानलाई चतरा, गाईघाट र सिन्धुली हुँदै हेटौंडा जोड्ने यो मार्गको ३ सय १८ किलोमिटर सडकको चौडाइ […]

प्रदेश ३ सरकारको प्राथमिकता : शिक्षा, कृषि, पर्यटन र उद्योग

१ जेठ, हेटौंडा । आगामी आर्थिक वर्षका लागि बजेको तयारीमा रहेको प्रदेश ३ सरकारले समष्ठिगत विकासको अबधारणा प्राथमिकतामा राखेको छ । सरकारले प्रदेशसभा बैठकमा बुधबार प्रस्तुत गरेको बिनियोजन बिधेयक २०७६ का सिद्धान्त र प्राथमिकतामा कृषि, पर्यटन, उद्योग र शिक्षालाई प्राथमिकतामा राखिएको उल्लेख छ । सिद्धान्त र प्राथमिकता संसदमा पेश गर्दै प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री […]

प्रदेशको नाम र राजधानी माग्दै प्रदेशसभा अवरुद्ध

३० वैशाख, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रदेश नम्बर ३ को प्रदेशसभा बैठक अबरुद्ध गरेको छ । कांग्रेस सांसदहरुले राजधानी र प्रदेशको नामाकरणको प्रक्रिया सुरु नगरेसम्म अन्य प्रक्रिया अघि बढाउन नदिने भन्दै बैठक अवरोध गरेका हुन् । बैठकको सुरुमा सभामुख सानुकुमार श्रेष्ठले अधिवेशन आव्हानसम्बन्धी प्रदेश प्रमुख अनुराधा कोइरालाको पत्र पढेर सुनाए । लगतै प्रदेशसभामा […]

सूचनाको अधिकार नै लोकतन्त्रको जग : आयुक्त पोख्रेल

३० वैशाख, रामेछाप । राष्ट्रिय सूचना आयोगका आयुक्त किरणकुमार पोख्रेलले सूचनाको अधिकार नै लोकतन्त्रको जग भएको बताएका छन्। सूचना आयोगले सोमबार सदरमुकाम मन्थलीमा आयोजना गरेको सूचनाको हक सम्बन्धी अभिमूखीकरण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । संघीय लोकतान्त्रिक गणतन्त्र टिक्ने कि नटिक्ने भन्ने कुरा सूचनाको हकसँग जोडिने उनले बताए । ‘लोकतन्त्रको अन्तिम विकल्प संघीय लोकतान्त्रिक गणतन्त्र […]

चितवनका ३ शैक्षिक परामर्श केन्द्रमा जिल्ला प्रशासनले लगायो ताला

३० वैशाख, चितवन । दर्ता नगरी अवैध रुपमा कक्षा सञ्चालन गर्दै आएका चितवनका तीन वटा शैक्षिक परामर्श केन्द्र (कन्सल्टेन्सी) बन्द गराइएको छ । जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा गएको संयुक्त बजार अनुगमन टोलीले भरतपुर क्षेत्रमा दर्ताविना नै सञ्चालनमा आएका तीन वटा शैक्षिक परामर्श केन्द्रमा ताला लगाएको हो । चितवन मावि अगाडिको मिसन इन्स्टिच्युट अफ टेक्नोलोजी, भरतपुर […]

पलाञ्चोक भगवतीको पुनर्निर्माणका लागि ५ करोड बजेट आवश्यक

१९ वैशाख, काभ्रे । वि.स.०७२ सालको विनासकारी भूकम्पले क्षतिग्रस्त भएको पलाञ्चोक भगवतीको पुनर्निर्माणका लागि ५ करोड माग गरिएको छ । भूकम्पपछि पुरातत्व विभागले २ करोड ५२ लाख रकम विनियोजन गरेर काम सम्पन्न भएको बताइए पनि पूर्णरुपमा पुनर्निर्माणका लागि अझै ५ करोड रकम आवश्यक हुने मन्दिर विकास समितिका कोषाध्यक्ष रामशरण रेग्मीले बताए । पुरातत्व विभागले उपलब्ध […]

खुलामञ्चको रोग हेटौंडा सर्‍यो, हुप्रचौरमा सटर हालिँदै

१८ वैशाख, काठमाडौं । काठमाडौंको ‘खुलामञ्च बिक्री प्रकरण’ तातिइरहँदा हेटौंडामा पनि यस्तैखालको चलखेल भइरहेको छ । खुलामञ्चमा बसपार्कको जस्तै हुप्रचौरको सार्वजनिक जग्गामा प्याराफिट बनाउने बाहनामा ब्यापारिक सटर बनाएर बिक्री गर्न लागिएपछि स्थानीयवासी आक्रोशित बनेका छन् । हुप्रचौरलाई बिक्री गर्ने योजना हेटौंडामा नेकपाबाट निर्वाचित मेयर हरिबोल महतकै नेतृत्वमा बनेको हो । खुला चौरको सडकतर्फको भागमा सटरसहितको […]

हेटाैंडाका हाेटलमा स्वच्छता स्तरीकरण स्टिकर टाँसिने

१८ वैशाख, हेटाैंडा । मकवानपुरका होटल रेष्टुरेन्टमा खाद्य स्वच्छता र स्तरीकरण गर्दै ४ थरीका स्टिकर टास्ने भएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौंडाले जिल्लामा रहेका १५ दिन भित्र होटल तथा रेष्टुरेन्टको अनुगमन गरी प्रतिवेदनको आधारमा होटल, रेष्टुरेन्टको स्वच्छता तथा स्तरिकरणको आधारमा ४ सूचकका स्टिकर टास गरीने भएकाे हाे । खाद्य प्रविधि तथा गुण […]

नगरपालिकाकै स्वास्थ्य संस्थामा छैन प्रसुति सेवा

१५ वैशाख, रामेछाप । मन्थली नगरपालिका ८ चिसापानीको स्वास्थ्य चौकीमा प्रसुति सेवा सञ्चालन नहुँदा गर्भवती र सुत्केरी महिला समस्यामा परेका छन् । वडामा रहेको स्वास्थ्य चौकीमा सेवा नहुँदा महिलाहरु गर्भ जाँच गराउन तथा प्रसुति गराउन सदरमुकाम मन्थली आउनुपर्ने बाध्यता छ । साविकको चिसापानी गाविसको वडा नं १ देखि ७ सम्मका नागरिकले सेवा लिने स्वास्थ्य चौकीको […]

बनेपामा उपयुक्त नदेखिए धुलिखेलमा एयरपोर्ट बन्छ : सञ्चारमन्त्री बास्कोटा

१५ वैशाख, काभ्रेपलाञ्चोक । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले आन्तरिक विमानस्थलका लागि काभ्रेपलाञ्चोकमा सम्भावित अनुगमन गरिएका स्थानमध्ये बनेपामा उपयुक्त नदेखिए धुलिखेलमा बनाइने बताएका छन् । काभ्रेपलाञ्चोक उद्योग वाणिज्य संघले बनेपामा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनले काभ्रेपलाञ्चोकमा आन्तरिक विमानस्थल बनाउनेबारेमा सरकार पछि नहटेको जानकारी दिए । मन्त्री बास्कोटाले भने, ‘एयरपोर्टका लागि बनेपाको नागीडाँडा उपयुक्त नभए धुलिखेलमा […]

चितवनमा प्रदेशस्तरीय प्रहरी विद्यालय सञ्चालन

१३ वैशाख, चितवन । नेपाल प्रहरीले चितवनमा प्रदेशस्तरीय प्रहरी विद्यालय सञ्चालनमा ल्याएको छ । भरतपुर महानगरपालिका वडा नं. १४ शान्तिपुरस्थित श्री आधारभूत विद्यालयमा नै प्रहरीले विद्यालय सञ्चालन गरेको हो । आधारभूत विद्यालयको २ बिघा जग्गा र कक्षा कोठा प्रहरीलाई दिइएको छ । सो विद्यालयमा विद्यार्थी संख्या कम भएपछि गाभ्न लागिएको थियो । विद्यालयमा जम्मा ५९ […]

जिसस सिन्धुपाल्चोकले मौज्दात रहेको ६० करोड स्थानीय तहलाई बाँड्ने

१२ वैशाख, सिन्धुपाल्चोक । जिल्लाका १२ स्थानीय तहलाई ६० करोड बजेट बाँडफाँट गर्ने निर्णय गर्दै जिल्ला समन्वय समिति -जिसस) सिन्धुपाल्चोकको तेस्रो जिल्ल्ाा सभा सकिएको छ । जिससमा रहेको मौज्दात कोषको रकम स्थानीय तहले पेश गरेको योजनाको आधारमा बाँडफाँट गरेको हो । जिल्ला समन्वय समितिमा रहेको ६० करोड १४ लाख ८३ हजार २ सय १९ रुपैयाँ […]