+
+
Shares

धादिङको गजुरीमा सुक्खा पहिरो, राजमार्ग दुईतर्फी अवरुद्ध

नागढुंगा-मुग्लिन सडक खण्डको पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी नजिकै चालिसेमा सुक्खा पहिरो खस्दा दुईतर्फी सडक अवरुद्ध भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १ गते ७:४६
फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • धादिङको गजुरीस्थित चालिसेमा सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्ग आज बिहानैदेखि पूर्ण रूपमा अवरुद्ध भएको छ ।
  • धादिङ प्रहरीका अनुसार सोमबार बिहान पौने ६ बजे खसेको पहिरोका कारण काठमाडौं भित्रिने र बाहिरिने सवारी साधनको लामो जाम लागेको छ ।
  • निर्माणाधीन सडक आयोजनाको डोजर प्रयोग गरेर अहिले सडक सुचारु गर्न पहिरो पन्छाउने कार्य भइरहेको छ ।

१ भदौ, काठमाडौं । नागढुंगा-मुग्लिन सडक खण्डको पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी नजिकै चालिसेमा सुक्खा पहिरो खस्दा दुईतर्फी सडक अवरुद्ध भएको छ ।

सोमबार बिहान पौने ६ बजेतिर खसेको सुक्खा पहिरोका कारण दुई तर्फी सडक अवरुद्ध भएको धादिङ प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार निर्माणाधीन सडक आयोजनाको डोजर प्रयोग गरेर अहिले पहिरो पन्छाउने काम भइरहेको छ ।

पहिरो खसेर सडक अवरुद्ध हुँदा काठमाडौं भित्रिने र बाहिरिने सवारी साधनको लामो जाम लागेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?