News Summary
Generated by OK AI. Editorially reviewed.- मुग्लिन–नारायणगढ सडक खण्डको खहरे खोला नजिकै सुख्खा पहिरो खस्दा दुईतर्फी सवारी आवागमन पूर्ण रूपमा अवरुद्ध भएको छ ।
- डिभिजन सडक कार्यालय भरतपुरका अनुसार पहिरो पन्छाउन मेसिन परिचालन गरिएको छ र काम सम्पन्न हुन करिब डेढ घण्टा लाग्ने अनुमान गरिएको छ ।
- सडक डिभिजन कार्यालयले पहिरोका कारण बाटोमै रोकिएका सम्पूर्ण यात्रुहरूलाई धैर्य गरी बसिदिन आग्रह गरेको छ ।
१२ साउन, चितवन । मुग्लिन–नारायणगढ सडक खण्डको खहरे खोला नजिकै सुक्खा पहिरो जाँदा सवारी आवागमन अवरुद्ध भएको छ । डिभिजन सडक कार्यालय भरतपुरका अनुसार पहिरो ठूलो भएकाले दुईतर्फी नै सवारी बन्द छ ।
पहिरो पन्छाउनका लागि सम्बन्धित स्थानमा मेसिन परिचालन गरिएको छ ।
पहिरो पन्छाउने क्रम जारी रहेकाले मुग्लिनबाट नारायणगढतर्फ जाने र नारायणगढबाट मुग्लिनतर्फ आउने गाडीहरु रोकिएका छन् ।
सडक डिभिजिन कार्यालयले पहिरोका कारण रोकिएका सम्पूर्ण यात्रुहरूलाई धैर्य गरी बसिदिन आग्रह गरेको छ ।
आज बिहान करिब पौने ९ बजेतिर पहिरो खसेको हो । पहिरो हटाएर सवारी आवागमन सुरु हुन करिब डेढ घण्टा लाग्ने कार्यालयले अनुमान गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4