+
+
Shares

नागढुंगा–मुग्लिन र मुग्लिन–नारायणगढ सडकखण्ड खुले

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १ गते ६:४७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गएराति खसेको पहिरोका कारण अवरुद्ध नागढुंगा–मुग्लिन र मुग्लिन–नारायणगढ सडकखण्ड आज बिहानबाट दुईतर्फी सञ्चालनमा आएका छन्।
  • भक्तपुर र काभ्रेको सिमाना साँगा क्षेत्रमा पहिरो खसे पनि सवारी आवागमन भने सुचारु नै रहेको प्रहरीले जनाएको छ।
  • कान्ति लोकपथ अझै पनि अवरुद्ध रहेको छ भने काठमाडौं उपत्यकाका अन्य सबै नाकाहरू सामान्य रूपमा सञ्चालनमा रहेका छन्।

१ साउन, काठमाडौं । गएराति वर्षासँगै खसेको पहिरोले अवरुद्ध नागढुंगा–मुग्लिन र मुग्लिन–नारायणगढ सडकखण्ड आज बिहानबाट सञ्चालनमा आएका छन् ।

पहिरो पन्छाएपछि सडक दुईतर्फी नै सन्चालनमा आएको प्रहरीले जनाएको छ ।

भक्तपुर र काभ्रेको सिमानामा पर्ने साँगा क्षेत्रमा पनि पहरो खसेको छ । तर सवारी आवागमन भने अवरुद्ध नभएको प्रहरीले जनाएको छ ।

कान्ति लोकपथ भने अवरुद्ध नै रहेको प्रहरीले जनाएको छ ।

अहिले काठमाडौं उपत्यकाबाट भित्रिने र बाहिरिने सबै नाका सामान्य रहेको उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?